हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुन्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुने बताउनुभएको छ । कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै ओलीले नेपालीहरू जातैले कवि रहेको बताउँदै हरेक नेपाली नामको पछाडि कवि लेखिदिए हुन बताउनुभएको हो ।

‘मेरो विश्वास के छ भने नेपालीहरू जातैले कवि हुन् । हरेक नेपालीको अन्त्यमा कवि लेखिदिए हुन्छ,’उहाँले भन्नुभयो,’ उहिल्यै लिपी पैदा हुनुभन्दा अघि पनि गाउँथेस काव्य रचना गर्थे । काव्यको रचना‚ छन्दको रचना यस भूमिमा थियो भन्ने कुरा गर्न खुसी लाग्छ ।’

उनले दोहोरी खेल्न पनि नेपालीहरू अब्बल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा जस्तो दोहोरी खेल्‍न कसैले सक्छ रु भन्ने मात्रै होइन नि‚ खुत्रुक्कै गरी भन्छ रु कसरी भन्छ त्यो काव्यता, लय कसरी आउँछ ,’ उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ नबुझेर एकछिन हाँस उठ्छ । मर्मको गहिराइमा पुगेपछि बल्ल थाहा हुन्छ । कति महान् कवित्व त्यहाँ प्रकट भएको हुन्छ ।’ ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार