जजिराको विमान अवतरणको क्रममा चरासँग ठोक्किएको आशंका

भैरहवा । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

विमान यात्रु ओरालेर एप्रोनमा छ । १२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरसातमा रहेका कैदी थिए । उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको हो । विमान अवतरण गरेपछि चरासँग ठोकिएको थियो । गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न । ‘

पाइलटहरुले अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरेका छन् । तर, रनवेमा देखिनु पर्ने चरा देखिएन’, साहले भन्नुभयो, ‘चरा कतै इञ्जिनमा त गएन भनेर जहाज यहि होल्ड भएको छ ।’ एयरलाइन्सका इञ्जिनियरले विमान चेकजाँच गरेर मात्रै उडान गरिने भएको छ । २ जेठदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार