एभरेस्ट प्रिमियर लिगको ‘धम्कीमा’ क्यानको आपत्ति

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एभरेस्ट प्रिमियर लिग (इपिएल) को पछिल्लो भनाइप्रति खेद प्रकट गरेको छ।इपिएलले सोमबार प्रतियोगिता सञ्चालन गर्न दिनु पर्ने माग राख्दै क्यानका कार्यक्रम बहिष्कार गर्ने ‘धम्की’ दिएको थियो।

क्यान निलम्बन र कोरोना महामारीमा इपिएल सञ्चालन गरेर नेपाली क्रिकेटको विकास गरेको भन्दै २०२२ को प्रतियोगिता पनि सञ्चालन गर्नु पाउनु पर्ने इपिएलसहित ६ वटा फ्रेञ्चाइज टिमले माग गरेका थिए।

यसअघि क्यानले नेपाल टी-२० लिग आयोजना गर्ने घोषणा गर्दै अन्य लिगलाई मान्यता नदिने बताएको थियो।देशको आधिकारीक लिग एउटा मात्र हुने भएकाले अन्य लिगलाई मान्यता नदिने क्यानको भनाइ थियो। कुनै पनि देशका अरू लिगलाई मान्यता दिने वा नदिने अधिकार त्यो देशको क्रिकेट संघलाई हुन्छ।

‘जेठ ९ गते काठमाडौंमा एभरेस्ट प्रिमियर लिगका सञ्चालकले एक कार्यक्रम गरी प्रेस विज्ञप्तीमार्फत नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघविरूद्ध धम्कीपूर्ण शैलीमा सार्वजनिक रूपमा प्रेषित विज्ञप्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ क्यानको भनाइ छ।उपरोक्त गैरजिम्मेवार, कपोकल्पित र भ्रामक प्राचारवाजीको नेपाल क्रिकेट संघ खेद प्रकट गर्दछ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार