नेकपा विभाजनले लोकतान्त्रिक स्थिरताको बाटो बन्द भयो : भुसाल

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनले नेपालको लोकतान्त्रिक स्थिरताको बाटो समाप्त गरिदिएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलन स् संकट र अबको बाटो’ विषयक अन्तरक्रियामा नेता भुसालले नेकपा विभाजनले विश्वलाई वामपन्थी मोडल दिने अवसर पनि गुमेको बताउनुभयो ।

‘नेकपा विभाजनले लोकतान्त्रिक स्थिरताको बाटो समाप्त पारिदियो । अर्को वामपन्थी मोडल दिने अवसर पनि गुमायौ’, नेता भुसालको भनाइ छ । उहाँले नेकपा विभाजन हुनुमा नेकपा बनाउन दुई नेताले गरेको सहमतिलाई बुझ्नु पर्ने बताउनुभयो । उहाँले तीनै दुई नेताको गोप्य सम्झौतामा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेको पनि बताउनुभयो । फरक प्रशंगमा भुसालले राजनीतिमा युवाहरुको वितृष्णा जाग्नुमा प्रमुख राजनीतिक दलका नेता र उनीहरुको कार्यशैली जिम्मेवार रहेको पनि बताउनुभयो ।

‘राजनीतिप्रतिको असन्तुष्टि र आक्रोश आउछ तर लामो समय रहँदैन’, भुसालको भनाइ छ । उहाँले आजको कम्युनिस्ट आन्दोलन संकट र अप्ठेरो अवस्थामा रहेपनि अझै सम्भावना नसकिएको बताउनुभयो । उहाँले युवाहरूमा निराशा र छटपटी भएकै कारण सामाजिक सञ्जालमा आक्रोश पोखिरहेको देखिने गरेको बताउनुभयो । उहाँले राजनीतिक नेता कार्यकर्ताबाट समाजले सिक्ने भन्दै समाजको नेतृत्व गर्ने राजनीतिक दलका नेताको बोली राजनीतिक संस्कारयुक्त हुन नसकेको टिप्पणी गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार