अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : सुवाल

काठमाडौँ । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सुवालले अहिलेसम्म राजीनामा दिइसक्नुपर्नेमा नदिएको भन्दै त्यसको विरोध समेत गर्नुभयो ।

‘अहिलेसम्म अर्थमन्त्रीको राजीनामा आएन,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले यसको जिम्मेवारी लिनुपर्छ ।’ यस्तै, अर्थमन्त्री शर्माको जिम्मेवारी गठबन्धनका नेताहरूले दिनुपर्ने समेत माग राख्नुभयो । अन्यथा, संसदीय छानबिन समिति गठन गर्नुपर्ने सुवालको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार