बेनी । गणतन्त्र दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा सोमबारदेखि गण्डकी प्रदेश स्तरिय सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा गण्डकी प्रदेश भित्रका पालिका स्तरिय पुरुष तथा खुल्ला महिला ‘म्याग्दी यूवाकप’भलिबल सञ्चालन गरिएको हो ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलाई नगद २ लाख रुपैयाँ,उपविजेतालाई नगद एक लाख २० हजार रुपैयाँ, तृतिय हुने समूहलाई नगद ५० हजार रुपैयाँ र सान्त्वना हुने समूहलाई नगद रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । पुरुष भलिबलमा विभिन्न १३ समूहले सहभागीता जनाएका छन् ।
त्यसैगरि महिला भलिबल तर्फ प्रथम हुनेलाई नगद ८० हजार, द्धितिय हुने समूहलाई ४० हजार, तृतिय हुने समूहलाई नगद २० हजार र सान्त्वना हुने समूहलाई नगद १० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने संघका अध्यक्ष विजय घर्तीमगरले जानकारी दिनुभयो ।
प्रतियोगिताको यूवा संघ नेपालका केन्द्रिय अध्यक्षक्षितिज थेबेले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष थेबेले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिए पनि यसको विकासमा राज्यले उचित ध्यान र आवश्यक लगानी गर्न नसकेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासले युवाहरुलाई सकरात्मक बाटोमा लाग्न प्रेरणा दिने राष्ट्रको चिनारी समेत हुने भएकाले खेलकुद क्षेत्रमा राज्यले उचित बजेट व्यवस्थापन र योजना कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्षबालकृष्ण सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले गण्डकी प्रदेश स्तरका पालिकाका युवाहरुको खेल प्रतिभा र क्षमताको पहिचान र प्रवद्र्धन गर्न प्रतियोगिताले सघाउनेमा जोड दिनुभयो ।