काठमाडौँ ।माध्यामिक शिक्षा परीक्षा (एसईई) को विषयगत ग्रेडिङ सार्वजनिक भएको छ । परीक्षा लिइएका कुल ३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका छन्।
एसईईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए।परीक्षा नियन्त्रण कार्यालयका अनुसार जिपिए १.६० देखि २ ल्याउनेमा ६ जना विद्यार्थी छन्।यस्तै, २ देखि २.४० ल्याउनेमा २ हजार ९५०, २.४० देखि २.८० ल्याउनेमा ४१ हजार १७७, २.८० देखि ३.२० ल्याउनेमा ७८ हजार ८७४ जना विद्यार्थी छन्। यस्तै ६८ हजार २५६ जनाको ३.२० देखि ३.६० र ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ३१ हजार २०९ रहेको कार्यालयले जनाएको छ।कार्यालयका अनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडिङमा परेका छन्। यी विद्यार्थीले कक्षा ११ पढ्न पाउने छैनन्।
कुन विषयमा कति परीक्षार्थीको कस्तो ग्रेड आयो तलको तालिकामा हेर्नुहोस् :