पर्वतको कार्किनेटामा पहिरोमा परेर दुई जनाको मृत्यु

  म्याग्दी न्युज संवाददाता

पर्वत । पर्वतको फलेवास नगरपालिका -१,कार्कीनेतामा पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । शनिबार परेको अविरल वर्षाका कारण गोठ भन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मृत्यु हुनेमा पन्छेकै झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ ,का तुलसीराम पौडेल रहेको पर्वत प्रहरी प्रमुख खुमलाल भुषालले जानकारी दिनुभयो । पहिरोमा परेर झलक पौडेलको घरमा पालिएका दुई वटा भैँसी, एउटा गोरु र चार वटा बाख्रा पनि पुरिएका छन्।

शुक्रवारदेखि अविरल रूपमा भइरहेको वर्षाले झलकको घर नजिकै रहेको गोठमाथिको पाखो गलेको जस्तो देखिएको थियो। गोठमा पहिरो आउन सक्ने सम्भावना देखेर गोठमा रहेका चौपाया निकाल्न गएकै बेलामा पहिरो आएको वडाध्यक्ष चोलाकान्त उपाध्याले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार