
बेनी । म्याग्दीको बेनी नगरपालिका–४,सिंगा स्थित सोतामा महाशिवरात्री मेला एवं विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । सोता स्थित सोता युवा क्लबको आयोजना र सोता आमा समुहको सहआयोजनामा शुक्रबारदेखि उक्त कार्यक्रम सुरु भएको हो । सोता खेल मैदानमा सुरु भएको कार्यक्रमको उद्घाटन वडा नम्बर ४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) ले उद्घाटन गर्नुभयो । वडा अध्यक्ष खड्काले मेला पर्वले मौलिक कला संस्कृतिको संरक्षण , खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याउने बताउनुभयो । खेलकुद प्रतियोगिताले सामाजिक एकता कायम गर्न मदत पु¥याउने उहाँले बताउनुभयो ।
सोता खेलकुद क्षेत्रको विकासका लागि वडाले प्राथमिकताको आधारमा सहयोग गर्ने उहाँको भनाइ थियो । कार्यक्रममा वडा सदस्य प्रेम श्रीस मगर , फुटबल संघ बेनी नगरपालिका अध्यक्ष देबेन्द्र चोखाल , स्थानीय समाजसेवी नरबहादुर रोका , तातोपानी कुण्ड व्यवस्थापन समिति सदस्य सिता घले जलमाई भगवती आमा समुह सचिव मिना गर्बुजा मगर लगायतले बोल्नुभएको थियो । क्लब अध्यक्ष बलबहादुर आलेले मौ कला संस्कृति जगेर्ना ,खेलकुदको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले मेला आयोजना गरिएको बताउनुभयो । मेलालाई सहयोग गर्ने आर्थिक सहयोगीदाताहरुलाई क्लब अध्यक्ष आलेले धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा क्लब सदस्य भिमबहादुर आलेले स्वागत मन्तव्य राख्नुभएको थियो । दुई दिन सम्म सञ्चालन हुने मेलामा महिला र पुरुष छेलो , लठो तान्ने प्रतियोगिता संचालन हुनेछन् । शुक्रबार महिला लठो तान्ने प्रतियोगिता सम्पन्न भएको छ ।यसैगरी शुक्रबार स्लो बाइक रेस प्रतियोगिता संचालन भएको थियो ।साथै कार्यक्रममा कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।आर्थिक सहयोगीदाताहरुलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।