बालमन्दिर माविको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका–८, कालीपुल स्थित बालमन्दिर माध्यमिक विद्यालयले ५४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता र शिक्षक गिता सुवेदीको सञ्चालनमा विहिबार सम्पन्न कार्यक्रममा प्रअ सुरेन्द्रप्रसाद केसीले शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस वर्षदेखि एसइई परिक्षामा बालमन्दिरका विद्यार्थी सहभागी हुन थालेका छन् ।

नगर प्रमुख केसीले विद्यालयलाई वार्षिकोत्सवको शुभकामना दिनुभयो । उहाँले विद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्न विद्यार्थी ,शिक्षक , अभिभावक र सरकार सबैको भुमिका उत्तिकै महत्वपुर्ण हुनेमा जोड दिनुभयो । नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर नगरपालिकाले विभिन्न कार्यक्रम संचालन र पुर्वाधार क्षेत्रको विकास गरे पनि लगानी अनुसारको उपलब्धी हासिल नभएको उहाँको भनाइ थियो ।
हाल दुई सय ७२ जना विद्यार्थी रहेको बालमन्दिरमा पछिल्लो समय विद्यार्थी संख्या बढेको छ । १८ जना शिक्षक कर्मचारी मध्य चार जना शिक्षक र एक जना सुरक्षा गार्ड निजी स्रोतका छन् ।कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, पुर्व नगरप्रमुख हरिकुमार श्रेष्ठ, वडा नमबर–८, का अध्यक्ष उत्तम कर्माचार्य, वडा नम्बर –७ ,का अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो । शिक्षक र विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार