ओखरबोटमा पहिरोले तीन घरमा क्षति

  म्याग्दी न्यूज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,ओखरबोटमा पहिरोले तीन घरमा क्षति पु¥याएको छ । गयराति करिब दश बजेको समयमा घर माथिबाट खसेको पहिरोले स्थानीय चन्द्रबहादुर पटेल ,खड्क बहादुर पटेल र मोतिसरा पटेलको घरमा क्षति पु¥याएको स्थानीय ओखरबोट माविका शिक्षक नविन पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,पहिरोले विस्थापित परिवार छिमेकी मनदेवी बराइलीको घरमा आश्रय लिएर बस्नुभएको छ ।मोतिसराको भैंसी गोठमा क्षति पु¥याएको छ । पहिरो सँगै खसेको ढुङ्गाले छानो र पर्खालमा बढी क्षति पु¥याएको छ ।

यसैगरी ,उच्च जोखिममा रहेका सुशिला पटेल, शान्ति पटेल, दिपक पटेल तथा भोजमाया बिकको परिवार विस्थापित भएका छन् । वडा सदस्य भीमकुमारी पुन लगायत स्थानीयबासीले उद्धार गरेका थिए । गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा ,उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुन ,कार्यपालिका सदस्य दलबहादुर खड्काथोकी ,वडाका जनप्रतिनिधि ,प्रहरी टोली लगायतको टोलीले शुक्रबार स्थलगत निरिक्षण गरेको छ । गाउँपालिकाले तत्काल राहत सामग्री समेत उपलब्ध गराएको कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार ,पीडित परिवारलाई तत्काल राहत स्वरुप दैनिक उपभोग्य खाद्यान्न सामग्री र त्रिपाल वितरण गरिएको छ ।वडा सदस्य भिमकुमारी पुनले पहिरोबाट विस्थापित परिवारलाई आर्थिक सहयोग र पुनःस्थापनाका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार