फापरखेतको घुमाउने भीरमा ट्रक दुर्घटना

  म्याग्दी न्यूज संवाददाता

बेनी । म्याग्दीको बेनी -दरबाङ सडक अन्तर्गत पर्ने म्याग्दीको बेनी नगरपालिका-४, र मंगला गाउँपालिका-२,को सिमाना स्थित फापरखेतको घुमाउने भीरमा पुन : ट्रक दुर्घटनामा परेको छ । भैरहवा देखी दरबाङको लागी अं.३४० बोरा सिमेन्ट लिएर आएको ग २ ख ०८४० नं.को ट्रक साँघुरो बाटोमा चालकले नियन्त्रण घुमाउदा गयराती दुर्घटना भएको थियो ।

सडकबाट करिब ६० मिटर तल म्याग्दी खोलामा ट्रकसहित चालक खसेका थिए । घटना लगतै प्रहरी चौकी सिंगातातोपानी म्याग्दी बाट प्र.स.नि. दिवाकर सुवेदी को कमाण्डमा ट्राफिक सहित ३ जनाको प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्र.नि सागर तिमिल्सिनाको कमाण्डमा १० जानको टोली उद्दार सामाग्रिसहित खटिगई चाकल जिल्ला पाल्पा तानसेन न.पा ८ मदनपोखरा बास्ने बर्ष ३४ को गोबिन्द बहादुर खाम्चालाई उद्दार गरि प्रदेश अस्पताल म्याग्दी बेनीमा उपचार भइरहेको छ ।

घाईतेको निधारमा चोट ,शरिरको बिभिन्न भागमा ददारिएको अवस्था रहेको प्रहरीले जनाएको छ । ट्रक म्याग्दी खोलामा पल्टी पानिमा कोल्टे परको अवस्थमा रहेको छ । केही समय अघि समेत सोही स्थानमा ट्रक दुर्घटनामा परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार