
दरबाङ । मगर समुदायको महान पर्व माघे संक्रान्तिको अवसर पारेर म्याग्दीको मालिका गाउँ पालिका–६, दरबाङमा संचालित भएको प्रथम मालिका गाउँपालिका स्तरीय पुर्खौली नृत्य प्रतियोगिता सम्पन्न भएको छ।मौलिक पुख्र्यौली नाचको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल मगर संघ मालिका गाउँपालिका समितिको आयोजना तथा मगर संघ जिल्ला समन्वय समिति र मालिका गाउँपालिकाको सहयोगमा शुक्रबार सम्पन्न प्रतियोगितामा वडा नम्बर ७ बिम स्थित तल्लोगाउँ पुख्र्यौली नाच समुह प्रथम भएको छ । उसले दुई सय ४३ अंक प्राप्त ग¥यो ।

भने दुुई सय ३७अंक प्राप्त गरेको वडा नम्बर ५ देविस्थान -घरिथोक-पन्थोकको पुख्र्यौली नाच समुह दोस्रो भएको छ । यसैगरी दुई सय ३२ अंक प्राप्त गर्दै वडा नम्बर ४ स्थित च्युरीबोट पुख्र्यौली सोरठी नाच समुह तृतिय भएको छ । नृत्य प्रतियोगीतामा प्रथम, द्वितीय,तृतीय भएका नाच समूहले क्रमशः ३० हजार, २० हजार, १५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र हात पारेका छन् ।

त्यस्तैगरी नयाँ कलाकार पुरुषमा बिम डाँडागाउँका एन्जल गर्बुजा, महिला कलाकार च्युरीबोटकी प्रिया पुन , सर्वोत्कृष्ट नृत्यमा बिम डाँडागाउँका दिप सागर पुन ,मादुलेतर्फ, पन्थोक नाच समुहका मादूले राजकुमार पुन ,उत्कृष्ट गायनमा वडा नम्बर १ निस्कोट पुख्र्यौली नृत्य समुहका निल पुन हुनुभयो।विहिबार र शुक्रबार सम्म संचालित प्रतियगितामा नौ वटा नाच समुहले सहभागिता जनाएका थिए।

उद्घाटन हुनु अघि नाचगान सहित ¥यालीले बजार परिक्रममा गरिएको थियो। यसैगरी मगर भेषभुषा सहितको झाँकी प्रदर्शनमा प्रथम भएको दुखुलेकले दश हजार ,द्धितीय भएको जनप्रिय टोल पुख्यौली नाच समुहले सात हजार रुपैयाँ र तृतिय भएको वडा नम्बर १ निस्कोट पुख्र्यौली नाच समुहले पाँच हजार रुपैयाँ सहित प्रमाणपत्र हात पारे । प्रतियोगितामा विजेता र उपविजेता नाच समुहलाई गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा ,वडा नम्बर ६ का वडा अध्यक्ष पथबहादुर रोका,नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य हिराबहादुर पुन ,मगर संघ जिल्ला समन्वय समिति सचिव हिराबहादुर पुन ,नेपाल मगर संघ मालिका गाउँपालिका निवर्तमान अध्यक्ष बिरेन्द्र पुन मगर, अध्यक्ष ओम बहादुर रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
पहिलो दिन मगर समुदायबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गरीएको थियो। चर्चित लोक गायक खड्ग गर्बुजा, कुमार पुन, डम प्रकाश पुन , गिता पाईजा ,गिता पाइजा , निरुता पुन लगायतका राष्ट्रीय कलाकारहरुले सांगीतिक प्रस्तुति दिनु भएको थियो।यसैगरी शुक्रबार चन्दादाताहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
तस्बिर : रमेश खोर्जा मगर


















































