प्रथम पुर्ख्यौली नृत्य प्रतियोगिताको आयव्यय सार्वजनिक

  विप्लव कार्की

दरबाङ ।मगर समुदायको मौलिक संस्कृति पुर्ख्यौली सोरठीको संरक्षण ,प्रवर्द्धन र हस्तान्तरण गर्ने उदेश्यले म्याग्दीको मालिका गाउँपालिका -६, दरबाङमा सम्पन्न प्रथम मालिका गाउँपालिका स्तरीय पुर्ख्यौली नृत्य प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ ।मगर समुदायकको महान पर्व माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघले आयोजनामा बिहिवार र शुक्रवार संचालित प्रतियोगितामा भएको खर्च र आम्दानी शनिबार सार्वजनिक गरिएको हो ।

कार्यक्रममा ३ लाख ९२,५८० खर्च भएकाे र उक्त कार्यक्रममा नेपाल मगर संघले कुल आम्दानी ५ लाख एक हजार सात सय पचासी रुपैयाँ गरेको नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका सचिव एवं प्रतियोगिताको आर्थिक संयोजक हिरा बहादुर पुनले जानकारी दिनुभयो। उहाँले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । मगर संघ जिल्ला समन्वय समिति म्याग्दी  र मालिका गाउँपालिकाले सहयोग गरेको प्रतियोगितामा देशविदेशमा रहेकाहरुले पनि आर्थिक सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार