
बेनी ।म्याग्दीमा बस र ट्रक एकपसमा ठोक्किँदा चालक सहित १५ जना घाईते भएका छन् । बेनी नगरपालिका–८, जलेश्वरमा मुस्ताङबाट पोखरा जादै गरेको ग २ ख १४५७ नम्बरको बस र भैरहवा बाट रुप्से म्याग्दी तर्फ जादै गरेको ग.प्र.०१००१ ख ००१२ नम्बरको।को ट्रक एकपसमा ठोक्किँदा चालकसहित यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो ।
दुंर्घटनास्थलमा प्रहरी निरीक्षक तिमिल्सिनासहितको नेतृत्वमा गएको टोलीले बसमा चालक र सह चालक सहित २४ जना सवार रहेकोमा तत्कालै ९ जनाको उद्धार गरी प्रदेश अस्पताल बेनीमा ल्याइएको थियो ।दुर्घटनामा बस र ट्रकको अगाडीको भाग पूर्णरुपमा क्षती भएको छ । दुर्घटनामा घाईते हुनेको शरीरमा चोट लागेपनि खतरामुक्त रहेको प्रहरीले जनाएको छ । बस चालक कास्की माछापुच्छ्रे गापा–४ लाहाचोक घर भएका ३१ बर्षिय बिकास जिसी र ट्रक चालक पर्बत जलजला गापा–७, धाईरिङका २८ बर्षिय नारायण प्रसाद शर्मा प्रहरीको सम्पर्कमा रहेको दुबै चालकले मापसे नगरेको र साथमा कागजात समेत रहेको छ । घटनाको थप अनुन्धान भइरहेको छ।
घाईतेको विवरण
१. देश भारत उत्तर प्रदेश घरका बर्ष ६२ का दिपकराज मित्तल दायाँ आखाँमा चोट अबस्था सामान्य ।
२.।ऐ।ऐ। बस्ने बर्ष ६३ का शंकर लाल केशवानी मुखमा चोट अबस्था सामान्य ।
३.।देश भारत मध्य प्रदेशका बर्ष ४२ कि कृति शर्मा नाक र मुखमा भित्री चोट अबस्था सामान्य ।
४.।ऐ।ऐ।बस्ने बर्ष ३८ को गौरव सेनी घुडामा भित्री चोट अवस्था सामान्य ।
५.देश भारत गुजरात बस्ने बर्ष ७२ को राज अडोलिया मुखमा निधारमा चोट अबस्था सामान्य ।
६.।ऐ।ऐ। बस्ने बर्ष २० कि सिम्रण साहाय मुखमा भित्री चोट अबस्था सामान्य ।
७.।देश भारत हरीयाना बस्ने बर्ष ६७ का प्रेमा शर्मा मुखमा र चिउडोमा चोट अबस्था समान्य ।
८.।देश भारत उत्तर प्रदेश बस्ने बर्ष ५३ कि अल्का गुप्ता मुखमा चोट अवस्था सामान्य।
९.।देश भारत जयपुर राजस्थान बस्ने बर्ष ५८ को अरबिन्द भट्ट ओठ र चिउडीमा चोट अवस्था सामान्य ।
१०।देश भारत दिल्ली बस्ने बर्ष ६९ को रामगोपाल शर्मा मुखमा भित्री चोट अवस्था सामान्य ।
११।ऐ।ऐ।बस्ने बर्ष ४८ कि बन्धना शर्मा दायाँ पाखुरामा भित्री चोट अबस्था मध्यम ।
१२।देश भारत मध्य प्रदेश बस्ने बर्ष ३७ कि रिचा कौशिक मुखमा चोट अवस्था सामान्य ।
१३।ऐ।ऐ। बस्ने बर्ष ३९ को गौरव कौशिक बायाँ साप्रामा भित्री चोट अवस्था सामान्य।
१४।देश भारत गुजरात घर भयका बर्ष ४८ का बिनित गोयल बायाँ खुट्टामा सामान्य चोट अवस्था सामान्य ।
१५।ऐ।ऐ। बस्नर बर्ष ४२ कि निरु चौधरी कुममा चोट अवस्था सामान्य ।


















































