• मालपोत कार्यालयविरुद्ध अदालतमा रिट

    कर्णाली । जिल्ला मालपोत कार्यालय सुर्खेतका विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको जनाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका हुन् । सो रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ । रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका...

  • सडकबाट सुनका गहना लुटपाट गरेको अभियोगमा एक पक्राउ

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-९ कुलान्त मार्गस्थित सडकबाट सुनका गहना लुटपाट गरेको अभियोगमा झापा दमक घर भएका १९ वर्षीय तुलसी कटुवाल लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं नेपालटार बस्ने नुवाकोट किस्पाङ गाउँपालिका-३ घर भएकी २७ वर्षीया महिलाको एक तोलाको सुनको मंगलसुत्र र ५२ लालको सुनको झु...

  • पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

    काठमाडौँ । इस्लामाबाद, पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ। उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो। उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ। जम...

  • उदयपुरमा आगलागीबाट १० लाख बराबरको क्षति

    उदयपुर । उदयपुर सदरमुकाममा बुधबार साँझ भएको आगलागीबाट एक स्थानीयको घर गोठ जलेर ध्वस्त भएको छ। त्रियुगा नगरपालिका–३ मोतिगडा चाँपस्थित हरिनारायण कोईरालाको गोठबाट सल्केको आगोले गोठ र घरसहित घरभित्र रहेका सम्पूर्ण धनमाल नष्ट गरेको प्रहरीले जनाएको छ। साँझमा गाईलाई खोले पकाएको आगोको र्कोइलाबाट सल्केर गोठ हुँदै घरमा लागला...

  • गोरखामा छोराको कुटाईद्वारा बाबुको मुत्यु

    गोरखा । छोराको कुटाईबाट गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ धन्सारमा बाबुको मृत्यु भएको छ। धान झाँट्ने विषयमा बाबु छोरा बिच बिवाद हुँदा ७० वर्षीय तुलराम ढकालको ज्यान गएको हो। ४० वर्षीय छोरा भुवन ढकालले छात्ती र खुट्टामा लठ्ठीले हिर्काएपछि घाईते भएका तुलरामलाई उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा लगि...

  • महिला ट्राफिक प्रहरीको बर्दी च्यातेको आरोपमा रुपन्देहीको सनसाइन बोर्डिङ स्कुलका सञ्चालक पक्राउ

    काठमाडौँ । रुपन्देहीको सिद्धार्थ नगरपालिका -१ को सनसाइन बोर्डिङ स्कुलका सञ्चालक पक्राउ परेका छन्। झापा स्थायी घर भएका श्याम पाठकलाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरी महिला ट्राफिक प्रहरीलाई हातपात गरेको, ट्राफिक जरिवानाको रसिद च्यातेको र प्रहरीको बर्दी च्यातेको पाइएपछि पाठकलाई हिरासतमा...

  • वनमा भेटिएको बेवारिस बन्दुकले लियो एक वन रक्षकको ज्यान

    काठमाडौं । बुधबार राति सव डिभिजन वन कार्यालय उदयपुर तपेश्वरीबाट ६ जना सशस्त्र वन रक्षक जंगल गस्तीमा निस्किएका थिए। उनीहरू बुलबुले सामुदायिक वनमा गएका थिए। चोरी सिकारी हुने क्षेत्र भएकाले राति गस्तीमा निस्किएका थिए। त्यो टोलीमा सुनसरी दुहबी घर भएका ६० वर्षीय लेखनाथ बाँस्तोला पनि थिए। उनी सहायक वन रक्षक हुन्। गाडीसहि...

  • एन्फाद्वारा बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट

    काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा परेकामा २४ नयाँ खेलाडी छन् । बङ्गलादेशसंँग गत महिना भएको दुई मैत्रीपूर्ण खेलअघिको प्रशिक्षणमा सहभागी सबै ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । ...

  • बौद्वमा २७ बर्षकी एक महिला एक महिनाको छोरीसहित मृत फेला

    काठमाडौँ । बौद्धमा एक महिला आफ्नो एक महिनाको छोरीसहित मृत अवस्थामा फेला परेकी छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ बर्षका श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको महानगरीय प्रहर...

  • महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    महोत्तरी । महोत्तरी जिल्लाको माईस्थान-गौशाला-सम्सी सडकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजे मोटरसाइकल दुर्घटना हुँदा गौशाला-८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो । ...