• बाढी पहिरोबाट २२ जिल्लामा ३९ जनाको मृत्यु , ३३ घाइते

    काठमाडौँ । यो वर्षको मनसुनका कारण भएको बाढी पहिरोका कारण देशका २२ जिल्लामा ३९ जनाको मृत्यु हुनुका साथै ४६ बेपत्ता र ३९ जना घाइते भएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री विष्णुप्रसाद पौडेलले यसबारे जानकारी दिनुभएको हो । बाढी पहिरोमा परेका २ सय ७८ जनालाई सेनाको हेलिकोप्टरबाट र २ हजार जनालाई अन्य माध्यमबाट ...

  • लघुवित्तका आइपिओमा १६ लाखको आवेदन

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो । क्यापिटलका अनुसार उक्त आवेदनबाट रु दुई करोड १२ लाख ७० हजार ...

  • ब्राउन सुगरसहित एक युवक पक्राउ

    दाङ । तुलसीपुरको दमारगाउँबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का २७ वर्षीय रमेश पन्त ९ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित शनिबार बेलुका ८ बजे पक्राउ परेका हुन्। नेपालगञ्जबाट ट्याक्सी बुक गरि एक्लै आउँदै गरेका पन्तलाई शंका लागेर तुलसीपुर १३ दमारगाउँस्थित प्रहरी चेकप्व...

  • चुनवाङमा यसवर्ष लसुनबाट भित्रियो ४० लाख

    रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष ४५३ क्विन्टल लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ । शुरुवाती चरणमा प्रतिकिलो रु ९० मा लसुन बिक्री हुँदै आए पनि पछिल्लो समय प्रतिकिलो रु ११५ बिक्री हुने गरेको वडाध्यक्ष प...

  • नगदसहित ३१ जुवाडे पक्राउ

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङ्गस्थित लाल बहादुर ताङ्गको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय हरिलाल राजबा लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त फर्ममा अबैध रुपमा जुवातास खेलिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले...

  • फिलिपिन्समा सैनिक बोकेको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु

    एजेन्सी । फिलिपिन्समा ८५ सैनिक बोकेर उडेको सैनिक विमान आइतबार दुर्घटनामा परेको छ । यो विमानले कागायन डि ओरो सिटीबाट उडान भरेको थियो । सैनिक प्रमुख जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई बताएअनुसार यस विमानमा आगो लागेको थियो । घटनामा १७ सैनिकको मृत्यु भएको छ । यद्यपि, ४० जना सैनिकलाई बचाइएको छ । उनीहरुको उपचार भइरहेको छ । ...

  • टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । टोखा नगरपालिका–९ दिपज्योतिमा बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश ०३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिंदा मोटरसाइकल चालक नुवाकोट बेलकोट नगरपालिका–६ घर भई टोखा–९ बानियाटार डेरा गरी बस्ने २६ वर्षीय सन्तो...

  • भक्तपुरमा भर्‍याङबाट लडेर एक महिलाको मृत्‍यु

    भक्तपुर । भक्तपुरमा भर्‍याङबाट लडेर एकजना मजदूर महिलाको मृत्‍यु भएको छ । मृत्यु हुनेमा सिन्धुली दुधौली घर भएका लीला सदा रहेकी छिन् । लीलाले शनिबार बेलुकाको खाना खाएर सुत्न जाँदा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्‍याङबाट लडेर मृत्‍यु भएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ । ...

  • भन्सार छलेर ल्याइएको ८ लाख बराबरको पाटपूर्जा बरामद

    दाङ । भन्सार छलेर ल्याइएका विभिन्न सवारी साधानका पाटपूर्जाहरु बरामद भएका छन्। मोटरसाइकल तथा गाडीका आठ लाख मूल्य बराबरको विभिन्न पाटपूर्जा बरामद भएको जिल्ला प्रहरी कार्याय बाँकेले जानकारी दिएको छ। नेपालगञ्ज उपमहागरपालिका वडा नं.७ मा कोठा भाडामा लिएर बस्दै आएका नेपालगञ्ज १५ का ३२ वर्षीय मोनु कबडियाको कोठा तलासी गर्दा ...

  • फोटो पत्रकार राईमाथि लाठी हान्ने प्रहरीलाई कारबाही गर्न पिजे क्लबको माग

    काठमाडौं । फोटो पत्रकार निमेषजंग राईमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न फोटो पत्रकार क्लब नेपाल (पिजेक्लव) ले माग गरेको छ। विपक्षी गठबन्धनका विद्यार्थीले शनिबार गरेको प्रदर्शनका क्रममा फोटो खिच्न पुगेका राईलाई पत्रकार भएको प्रमाण देखाउँदा देखाउँदै पनि प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको पिजे क्लवले उल्ले...