भन्सार छलेर ल्याइएको ८ लाख बराबरको पाटपूर्जा बरामद

दाङ । भन्सार छलेर ल्याइएका विभिन्न सवारी साधानका पाटपूर्जाहरु बरामद भएका छन्। मोटरसाइकल तथा गाडीका आठ लाख मूल्य बराबरको विभिन्न पाटपूर्जा बरामद भएको जिल्ला प्रहरी कार्याय बाँकेले जानकारी दिएको छ।

नेपालगञ्ज उपमहागरपालिका वडा नं.७ मा कोठा भाडामा लिएर बस्दै आएका नेपालगञ्ज १५ का ३२ वर्षीय मोनु कबडियाको कोठा तलासी गर्दा आठ लाख बराबरको भन्सार छलीका पार्टपूर्जा बरामद भएको प्रहरीले जनाएको छ।

कबडियाले भन्सार छलीका सामानहरु राखेर बिक्री बितरण गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा खान तलासी गर्दा बिभिन्न सवारी साधनका पाटपूर्जा बरामद भएका थिए । प्रहरीका अनुसार कबडियालाई आवश्यक कानुनी कारबाहीका लागि आइतबार भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार