• यात्रुसँग बढी भाडा लिएको आरोपमा आठ जना पक्राउ

    काठमाडौं । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा ट्राफिक प्रहरीले काठमाडौंबाट आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गरेको पाइएपछि ६ जनालाई नयाँ बसपार्कबाट र दुई जनालाई कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपर...

  • ४० किलो गाँजासहित पर्साबाट दुई पक्राउ

    वीरगञ्ज। पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-५ बस्ने ३९ वर्षीय बिरबहादुर प्रजा र १९ वर्षीय सोनालाल प्रजा रहेका छन् । मकवानपुरको मनहरी लोथर हुँदै पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलको बाटो भएर लागू औषध गाँजा तस्करी भइरहे...

  • सर्पको टोकाइबाट २० वर्षीय युवकको मृत्यु

    वीरगञ्ज । बाराको निजगढमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहनगरपालिका–१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको मृत्यु भएको हो । उनी निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका थिए । बुधबार बिहान ३ बजे सर्पले उनको कानमा टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वा...

  • संसद् दिवस : संसद्लाई जीवन्त र जनमुखी बनाउन जोड

    नारायण न्यौपाने काठमाडौ । कोभिड–१९ संक्रमण र अस्थिर राजनीतिक कारण यस वर्ष पनि संसद् दिवस विज्ञप्तिमार्फत नै स्मरण गरिएको छ । नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनपछि २०१६ असार १६ गते संसद्को पहिलो बैठक मध्यरातमा प्रारम्भ भएको थियो । उक्त ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष आजको दिन मनाउने गरिन्छ । उक्त निर्वाचनको...

  • भोलिबाट मनकामना स्मार्ट लघुवित्तको आईपीओ सार्वजनिक हुँदै

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेदेखि ३ लाख ८९ हजार कित्ता बराबरको आइपिओ सार्वजनिक गर्दै छ । कम्पनीले कर्मचारी, म्युचुअल फन्ड र सर्वसाधारणका लागि गरी एक सय रुपैयाँका दरले कुल ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये, ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० क...

  • प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ सुरु

    काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजको सुनुवाइ सुरु भएको छ । सरकारी पक्षबाटै आज सहमहान्यायाधिवक्ता गोपालप्रसाद रिजालले बहस सुरु गरेका थिए । बहसका लागि उनलाई १५ मिनेट समय दिइएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद ...

  • बालिका अपहरणका आरोपी जेल चलान

    सप्तरी । बालिकालाई अपहरण गरेको घटनाका आरोपीलाई अदालतले मङ्गलबार कारागार चलान गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सप्तरीको राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा बस्ने ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि राजविराज कारागार चलान गरेको हो । अपहरणको खबरलगत्तै सक्रिय बनेको सप्तरी प्रहरीले १५ म...

  • उपकुलपति डा गिरीसहितका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

    विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छन् । आन्दोलनरत संयुक्त संघर्ष समितिले आज उपकुलपति डा ज्ञानेन्द्र गिरी रेक्टर डा गुरुप्रसाद खनाल,रजिष्ट्रार डा मोहनचन्द्र रेग्मी र अस्पतालका निर्देशक डा गौरीशंकर साहको कार्यकक्षमा ता...

  • रिक्त चार सचिवमा बढुवाका लागि ७ जना सहसचिवको नाम सिफारिस

    काठमाडौं । नेपाल सरकारका विभिन्न निकायमा रिक्त ४ सचिवको पदपुर्तिका लागि ७ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिको बैठकले ७ जना सहसचिवको नाम सिफारिस गरेको हो । प्रशासनतर्फ १ जना सचिव बढुवाका लागि जेष्ठताका आधारमा एक जनाको नाम मात्र सिफारिस भ...

  • गल्ती महसुस भएको छ, आइन्दा यस्तो गर्दिनँ : शिक्षामन्त्री श्रेष्ठ

    काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् । जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई मन्...