• जातीय विभेदविरुद्ध दृढतापूर्वक लाग्न राष्ट्रपतिको अपील

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव र छुवाछुतविरुद्ध दृढतापूर्वक लाग्न सबैमा अपील गर्नुभएको छ । जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो अपील गर्नुभएको हो । छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको भन्दै यो कुप्रथाको समूल अन्त्य ...

  • संवैधानिक इजलास नियमावली संशोधनका लागि फुलकोर्ट बस्दै

    काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधनसहित विविध विषयमा छलफल गर्नका लागि शुक्रबार फुलकोर्ट (सबै न्यायाधीश सम्मिलित) बैठक बोलाएको छ। बैठकले निषेषाज्ञाका बेला अदालतले प्रदान गर्ने सेवाका विषयमासमेत छलफल गर्ने बताइएको छ। यसअघि निषेधाज्ञामा दिइने सेवाका विषयमा फुलकोर्टले गरेका निर्णय...

  • कारको ठक्करबाट एकको मृत्यु, एक घाइते

    विराटनगर । प्रदेश १ की प्रदेश सांसद विन्दिया कार्कीका छोरा रविन कार्कीले चलाएको कारको ठक्करबाट विराटनगरमा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ। कारले ठक्कर दिँदा भएको दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन्। विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलको नहरनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१...

  • पूर्वसांसद बिएल वाइबाको निधन

    काठमाडौं । पूर्वसांसद बिष्णुलाल तामाङ (बिएल वाइबा) को निधन भएको छ। उच्च रक्तचाप र मधुमेहबाट पीडित उनको उपचारको क्रममास् झापाको दमकस्थित आम्दा अस्पतालमा बिहीबार निधन भएको हो। वाइबाका तीन छोरा र दुई छोरी छन्। वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पक...

  • विश्वकप छनोटमा नेपाल विजयी

    काठमाडौँ । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्...

  • लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले बिहीबार साँझ २७ वर्षीय युवकलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का सुरेन्द्र चन्द रहेका छन् । च...

  • म्याग्दीमा थपिए ४६ कोरोना संक्रमित ,सक्रिय संक्रमित संख्या२५५

    बेनी । म्याग्दीमा विहिबार थप ४६ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ३७ जना, र जलजला गाउँपालिकामा १ जना गरी ३८ जना पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका २ जना, रघुगंगा गाउँपालिकामा ४ जना र बेनी नगरपालिकाका २ गरी ८ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण प...

  • थप ६८२५ जनामा कोरोना संक्रमण , ५९०४ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार २ सय ११ जना र पीसीआर विधिबाट १८ हजार ५६२ जनामा परिक्षण गर्दा ६ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ । हाल दे...

  • कर्णाली प्रदेशमा कांग्रेसलाई दुई मन्त्रालय, सरकारमा सहभागी हुने पक्का

    काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुँदैछ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको काँग्रेस झण्डै दुई महिना पछि सरकारमा सहभागी हुने भएको हो । कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको बताए । नेता शाह...

  • जबरजस्ती करणी मुद्धामा फरार ८४ वर्षीय वृद्ध पक्राउ

    दाङ । दाङमा जबरजस्ती करणी मुद्धामा फरार एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्वर ४ भकारे बस्ने ८४ बर्षीय रामु केसी रहेका छन् । उनलाई प्रहरीले बिहीवार विहान साढे दश बजे पक्राउ गरी सजाय भुक्तानका लागि दाङ...