• सशस्त्र प्रहरीको गोली लागेर एक युवा घाइते

    नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एकजना युवा घाइते भएका छन्। जिल्लाको प्रतापपुर गाउँपालिका–६ बन्कट्टी घोला स्थित सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आफ्नो बचाउमा गोली चलाउँदा एकजना युवाको खुट्टामा गोली लागेर घाइते भएका हुन। घाइतेमा प्रतापपुर गाउँपालिका ६ कठहवाका २२ बर्षिय अविनाश राजभर रहेक...

  • मोरङको रङ्गेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला

    विराटनगर । मोरङको रङ्गेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज बिहान एक महिलाको शव फेला परेको छ । रङ्गेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको हो । ...

  • घरभित्रै एक महिला मृतावस्थामा फेला

    दमौली । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । २७ वर्षीया मनुमाया थापा मंगलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् । मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । प्रहरीले अनुसन्धान...

  • लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

    धनगढी । कञ्चनपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका– ५ वनगाउँ बस्ने २६ वर्षीय नबिन भाट र सोही ठाउँका २० वर्षीय रोहित सुनार छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको भिमदत्त नगरपालिका–५ मा बिक्री वितरण भइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको कञ्च...

  • कोरोनाबाट नेपाली चलचित्रका सम्पादक अभिषेक पौडेलको निधन

    काठमाडौँ । नेपाली चलचित्रका सम्पादक अभिषेक पौडेलको निधन भएको छ । कोरोनाको कारण पौडेलको निधन भएको फिल्म निर्देशक मनोज श्रेष्ठले जानकारी दिनुभयो । दुबै मृगौलाले काम गर्न छोडेपछि केही अगाडि मात्र पौडेलले मृगौला प्रत्यारोपण गराएका थिए । फिल्म सम्पादनको अलवा एमिनेश, कलर करेक्सलगायत थुप्रै क्षमताका पौडेलले विधवा, डि कम्पन...

  • काँग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद भवन ल्होत्से हल २ः३० बजे बैठक बस्ने काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो । खाणका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुने छ । छलफलमा कोरोना महामारी, बजेट र नयाँ सत्ता समीकरणका विषयमा छल...

  • आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद

    काठमाडौँ । केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन्। तर ८ बुँदे सहमति सार्वजनिक भएलगत्तै जसपाभित्र अर्को विवाद सुरु भए...

  • दाउन्नेमा बस दुर्घटना हुँदा ४ को मृत्यु, ४९ घाइते

    नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने ४९ जना घाइते भएका छन् । आज विहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३...

  • भूकम्पले लमजुङमा सात घर भत्किँदा तीनजना घाइते

    पोखरा । एकाबिहानै भूकम्प जाँदा लमजुङमा सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन् । प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एकजना घाइतेको नाम खुलेको छैन । लमजुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेस...

  • नेपालमा थप नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

    काठमाडौं । नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो । भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्...