भूकम्पले लमजुङमा सात घर भत्किँदा तीनजना घाइते

पोखरा । एकाबिहानै भूकम्प जाँदा लमजुङमा सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन् । प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एकजना घाइतेको नाम खुलेको छैन ।

लमजुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए ।

https://myagdinews.com/2021/05/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%81%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%a7%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%be/

लमजुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५।८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । त्यही भूकम्पमा परेर केन्द्रबीन्दु आसपासका केही घरमा क्षति पुगेको लमजुङ प्रहरीले बताएको छ ।

भूकम्पको धक्का लमजुङसहित आसपासका मनाङ,म्याग्दी, गोरखा, तनहुँ, कास्कीसम्म पुगेको थियो । बिहानैको समयमा भूकम्प गएकोले सर्वसाधारण भागाभाग गरेका थिए । नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार