काभ्रे । प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल र बनेपाबाट ७० वटा अक्सिजनका सिलिन्डर संकलन गरेको छ ।आइतबार बनेपा र धुलिखेलमा रहेका उद्योग, वर्कशप र वेल्डिङ पसलबाट सिलिन्डर संकलन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले बताउनुभयो । संकलित खाली सिलिन्डर बनेपामा रहेको अक्सिजन प्लान्टमा रिलिफ गरे...
समाचार
-
-
देशभर ६ सय ५० पत्रकारलाई कोरोना संक्रमण , ७ जनाको मृत्यु
काठमाडौं । कोरोना महामारीबाट देशभर ६ सय ५० जना पत्रकार संक्रमित भएको पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार हालसम्म ६ सय ५० जना पत्रकार संक्रमित भएको र ७ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये ३ सय ९१ जना निको भइसकेका छन् भने २ सय ५२ जना अहिले पनि सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा धेरै काठमाडौं उपत्यकाब...
-
साथीको कुटाइबाट एक वृद्धको मृत्यु
ओखलढुङ्गा । मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो । शनिबार बेलुका करीब ८ः४५ बजे स्थानीयवासी ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमा नै...
-
खैरो हेरोइनसहित २ जना पक्राउ
काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय प्रेमदत्त भट्ट र बेतकोट नगरपालिका घर भएका ३२ वर्षीय केशव खत्री छन् । म.२ प. ७१०० नम्बरको स्कुटर सवार उनीहरुको साथबाट १४ ग्राम ६९ मिलिग्राम अवैध खैरो हेरोइन बरामद ग...
-
विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित
काठमाडौं । आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको छ। शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको हो। तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको ...
-
प्रदेश-२ मा १९ प्रहरी र ५६ जना थुनुवामा कोरोना संक्रमण
जनकपुरधाम । प्रदेश-२ मा १९ जना प्रहरी र ५६ जना थुनुवामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार महोत्तरीबाहेक ७ जिल्लामा प्रहरी संक्रमित देखिएका छन् । सबैभन्दा बढी बारामा ६ जना प्रहरी संक्रमित देखिएका छन् । पर्सामा ५ जना, सर्लाहीमा ३ जना, सिरहामा २ जना तथा सप्तरी, धनुषा र रौतहटमा १/१ जन...
-
मोरङमा चट्याङ लागेर १ को मृत्यु , २ घाइते
मोरङ । चट्याङ लागेर मोरङमा १ जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै भएका घटनामा २ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० वर्षीय प्रविन माझीको चट्याङ लागेर मृत्यु भएको हो । बारीमा काम गरिरहेका बेला चट्याङ लागेर गम्भिर घाइते भएका उनको रंगेली अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहर...
-
बीएण्डसीमा कोरोना संक्रमितका लागि दुई सय बेड सञ्चालन
काठमाडौं । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आइतबारदेखि २०० बेड सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका संक्रमितलाई धमाधम बीएण्डसी पु¥याउने क्रम जारी रहेपछि अस्पतालले बेड थप गरेको हो । संक्रमितलाई उपचार गर्न सो संख्यामा बेड ...
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको छ । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, कांग्रेस प्रमुख सतेक फकुरूदिन खानलगायतले प्रदेशसभा सचिव दुर्लभ पुनलाई अविश्वास प्रस्ताव बुझाएका हुन् । विपक्षी गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष...
-
बाग्लुङमा छतबाट खसेर १ जनाको मृत्यु
गुल्मी । बागलुङमा घरको छतबाट खसेर १ जनाको मृत्यु भएको छ । जिल्लाको खर्बाङमा घरको छतबाट खस्दा आइतबार एक जनाको ज्यान गएको हो । छतबाट खसेर बडिगाड गाउँपालिका २, दनिया निवासी ३९ वर्षीय रन बहादुर रानाको मृत्यु भएको हो । छिमेकी दीपु केसीको घरमा वायरिङ गर्ने क्रममा खस्दा गम्भिर घाइते भएका रानाको उपचारको लागि हेलिकप्टरमार्फत...