काठमाडौं । सरकारले भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको छ। आइतबारको सार्वजनिक विदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको हो। जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक ...
समाचार
-
-
थप १५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ११ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
-
निर्वाचन प्रणालीले वाक्क दिक्क बनायो : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले वाक्क दिक्क बनाएको टिप्पणी गर्नुभएको छ ।नेकपा माओवादी केन्द्रले बर्दियामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेर्नुपर्ने धारणा राख्नुभयो । ‘यो निर्वाचन प्रणाली फेर्नुपर्छ,’ प्रशिक्षणमा प्...
-
अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतारचढावका कारण समयमै मल ल्याउन सकिएन : कृषि मन्त्री
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उतारचढावका कारण समयमै मल भित्र्याउन नसकिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा स्थगन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार...
-
‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’
काठमाडौँ । प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा उहाँले जुन सरकारको समयमा पनि अत्यावश्यक सामग्रीको अभाव र चर्को मूल्यवृद्धि हुने गरेकाले यस्तो विषयमा आएको सार्वजनिक महत्वको प्रस्ताव...
-
समाजवाद उन्मुख हुने गरी काम गर्न मुख्यमन्त्री पाण्डेको आग्रह
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न आफ्नो प्रदेश अन्तर्गतका स्थानीय तहहरूलाई आग्रह गर्नुभएको छ । सोमबारबाट हेटौंडामा सुरु भएको बागमती प्रदेश अन्तर्गतका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले प...
-
सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्नेमा जोड
काठमाडौँ । ५० करोडभन्दा माथिको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकलाई दिने गरी ऐन संशोधन गरिएको छ । राष्ट्र बैंक ऐन २०५८ संशोधनका लागि संसदको अर्थ समितिमा पुगेको छ । यता सहकारी ऐन २०७४ ले पनि ५० करोडभन्दा माथिका कारोबार गर्ने सहकारीको नियमन जिम्मा राष्ट्र बैंकलाई दिने उल्लेख छ । ‘संसदमा राष्ट्र बैंक ऐन विचाराध...
-
राजश्व अनुसन्धान विभागद्वारा ८ महिनामा ११५ वटा मुद्दा दायर
काठमाडौँ । राजश्व अनुसन्धान विभागले पछिल्लो ८ महिनामा ११५ वटा मुद्दा दायर गरेको छ । विभागले राजश्व चुहावट सम्बन्धी ६९ वटा र विदेशी विनिमय अपचलनमा ४६ वटा गरेर उक्त मुद्दा दायर गरेको हो । विभागका अनुसार राजस्व चुहावट सम्बन्धि ६९ वटा मुद्धा दायर गरिएको छ । २०३ जनाविरुद्ध दायर गरिएको मुद्धामा कुल २० अर्ब ६१ करोड ३० लाख ...
-
मन्त्री झाक्रीको अर्थमन्त्रीप्रति आक्रोश : करिब साढे ५ सय योजना ५० लाखको मात्र किन ?
काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाक्रीले शहरी विकास सम्बन्धी करिब साढे ५ सय योजना ५० लाखको मात्र बनाएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति आक्रोश पोख्नुभएको छ । गृह मन्त्रालयमा सोमबार बसेको विपद् कार्यसमिति बैठकमा बोल्दै मन्त्री झाक्रीले राजनीतिक गफ गर्नका लागि मात्रै योजना बनाएको र बजेट छुट्याएको जस्तो नग...
-
१५.८२ अंकले घट्यो सेयर बजार
काठमाडौं । सेयर बजारको ओरालो यात्रा यस साताको पहिलो कारोबार दिन सोमबार पनि निरन्तर रह्यो । १५.८२ अंकले घटेको बजार २०३२.३४ बिन्दुमा ओर्लिएको छ । बजेट (१५ जेठ) पछि एक दिन मात्र बढेको बजार अन्य दिन भने निरन्तर घटिरहेको छ । लगानीकर्ता अहिले पनि पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति समात्न सकेको छैन । सोमबार २३० कम्पनीक...