• थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको ...

  • श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

    एजेन्सी । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शन जारी रहँदा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका छन् । श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ । सरकारविरोधी प्रदर्शनलाई मत्थर बनाउन टापू मुलुक श्रीलंकामा लगाइएको...

  • उत्तरी गोरखामा खटिएका म्यादी प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार

    गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपलिका ३ मा खटिएका म्यादी प्रहरी बेलबहादुर घले बिरामी भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ। पाङसिङ आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएका धार्चे गाउँपालिका ३ खोर्लाका घले आज बिहानदेखि बिरामी भएका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्दिबाट लगिएको तर निको नभएपछि थप उप...

  • अहिलेको निर्वाचन ०७४ को भन्दा सस्तो हुने आयोगको अनुमान

    काठमाडौं । निर्वाचन आयोगले २०७४ सालको भन्दा यस वर्ष हुने स्थानीय तहको चुनाव कम खर्चिलो हुने बताएको छ । निर्वाचन सम्पन्न भएपछि प्रति मतदाता भएको खर्च समेत आउन सक्ने उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, ‘अहिले नै भन्दा यति भन्न सकिन्छ ०७४ को भन्दा अहिलेको चुनाव सस्तो हुनेछ ।’ आयोगले गरेको निय...

  • काठमाडौंका नदीहरुमा ढल होइन पानी बगाउँछौं : सिंह

    काठमाडौँ । सत्ता गठबन्धनबाट काठमाडौं मेयरकी उम्मेदवार सिर्जना सिंहले काठमाडौं नदीहरुमा अब ढलको व्यवस्थापन गरेर सफा पानी बग्ने बनाउने प्रमुख उदेश्य हुने सिंहले बताउनुभएको छ । महानगरलाई स्वच्छ, सफा, सुन्दर र सुशासन युक्त बनाउने आफ्नो लक्ष्य भएको उहाँले बताउनुभएको हो । काठमाडौं चेतनशील राष्ट्रिय व्यवसायीक समाजद्वारा आय...

  • एमालेले जिते संसद भंग गर्ने प्रवृत्ति दोहोरिन्छ : देउवा

    धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी गनुभएको छ । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने बताउनुभय...

  • दोहोरो अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । परिसूचक १२.२७ अर्थात ०.५४ प्रतिशतले बढेर २२ सय ६८.८४ अंकमा पुगेको छ । सोमबारको कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहमा हरियाली छाउँदा ४ उपसमूह भने राताम्मे रहृयो । बजारमा कुल कारोबार रकम एक अर्ब ३९ करोडमै सीमित भए पनि अधिकांश कम्पनीको सेयर...

  • माधव नेपाललाई ओलीको जवाफ : को सकिन्छ ३० वैशाखपछि थाहा हुन्छ

    पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने जवाफ दिनुभएको छ । आइतबार पोखरामा आयोजित सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिनुभएको थियो । सोमब...

  • काँग्रेस इमान्दार भएर लाग्दा सुदूरपश्चिममा ओलीका मान्छे बडारिन्छन् : दीर्घ सोडारी

    कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले चुनावी तालमेलमा नेपाली काँग्रेस इमान्दार हुनुपर्ने बताउनुभएको छ । धनगढीमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा उहाँले भन्नुभयो, ‘काँग्रेस र नेपाली काँग्रेसका सबै कार्यकर्ता गठबन्धनका पक्षमा इमान्दारीता पूर्वक लाग्ने हो भने जित सुनिश्चित छ ।’ काँग्...

  • आरजुलाई ओलीको जवाफ : पैसा नदिन माइतबाट ल्याएको दाइजो हो ?

    पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेत्री आरजु देउवाले दिएको अभिव्यक्तिको आलोचना गर्नुएको छ । उहाँले काँग्रेसलाई भोट नहाले एक पैसा पनि बजेट नदिने भनेर दिएको अभिव्यक्तिको आलोचना गर्नुभएको हो। बजेट कसैको खल्तीको नभएको भन्दै ओलीले राज्यको ढुकुटीको पैसामा मनपरी नगर्न चेतावनी दिनुभयो । सोमबार पोखरामा आ...