काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार विजयी

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसको गढ मानिएको उक्त नगरपालिकामा काँग्रेसकै बागी उम्मेदवार कठायतले २४ सय ३ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पदमबहादुर शाहीले २३ सय ४१ मत ल्याउनुभयो । त्यस्तै नेपकपा एमालेका धेवेन्द्र रोकायाले १५ सय ७० मत ल्याउनुभयो । जुम्लामा जम्मा ११ हजार ९८ मत खसेको थियो । जसमा ५ मत बदर भएको थियो । कठायत २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ मा पराजित हुनुभएको थियो ।

त्यसपछि मेयरको तयारी गरिरहेका उहाँलाई काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उपप्रमुखमा नेपाली काँग्रेसकी रामदेवी खड्का विजयी हुनुभएको छ । उहाँले २८ सय ८ मत प्राप्त गर्नुभयो । त्यस्तै नेकपा माओवादीकी उम्मेदवारले १६ सय ३३ मत ल्याउनुभयो । चन्दननाथ नगरपालिकामा २०७४ सालको चुनावमा नेपाली काँग्रेसकी कान्तिका सेजुवाल निर्वाचित हुनुभएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार