काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम १२ औं महिनाको २७ गतेसम्ममा सवा ८ खर्ब रुपैयाँ बराबरको राजस्व उठाउन सफल भएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार यस्तो राजस्व आर्थिक वर्षको असार २७ गतेसम्ममा कुल ८ खर्ब १८ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ उठान सरकार सफल भएको हो । यो कुल राजस्व लक्ष्यको झण्डै ९० ...
समाचार
-
-
दीपक मनाङे र हरिशरण आचार्यले पाए मन्त्रालयको जिम्मेवारी
कास्की । गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् । जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै आजै ...
-
चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते
कञ्चनपुर । चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका लालसिंहको महाका...
-
भालुको पित्त र रेडपाण्डाको छालासहित ३ जना पक्राउ
बाँके । बाँकेमा संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ परेका छन् । शनिबार साँझ नेपालगन्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित राप्ती गेस्ट हाउसको कोठा नम्बर १० बाट रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्तसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका–४ ठेगाना...
-
सन् २०२१ भित्रै धेरैलाई खोप लगाईसक्छौं : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नयाँ सर्जिकल भवनको उट्घाटन गरेका छन् ।आइतबार बिहान प्रधानमन्त्री ओलीले औपचारिक कार्यक्रमकाबीच भवन उट्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले २०७४ साल फागुन २५ मा शिलन्यास गरेका थिए । ५ सय शय्यासहितको भवनमा आइसियु, एचडियु र जनरल शय्या संचालन हुनेछन् । त्यस्तै कार्...
-
अझै रोकिएन बालविवाह
निरा गौतम रुपन्देही । बुटवल उपमहानगरपालिका–१३ की रीना थापाको पाँच वर्षअघि विवाह भयो । स्थानीय बोर्डिङ स्कूलमा कक्षा–८ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा उनको विवाह भयो र लगत्तै गर्भवती पनि भइन् । त्यसपछि पढाइ छाड्नुप¥यो । थापाका अहिले चार वर्षका छोरा छन् । बुटवल–१३ कै श्रेया पुनको पनि चार वर्षअघि नर्सिङ पढ्दै गर्दा वि...
-
आगामी तीन दिन भीषण वर्षाको सम्भावना
बागलुङ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन गण्डकीसहित देशका विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, मनसुनी वायुको प्रभावले आगामी २४ घण्टा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्च...
-
प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको सर्जिकल भवन उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज वीर अस्पतालको नयाँ भवन (सर्जिकल भवन) को उद्घाटन गरेका छन्। आज बिहान काठमाडौंको महाबौद्धमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर अस्पतालको सर्जिकल भवनको उद्घाटन गरेका हुन्। यो भवन २०७४ फागुनमा शिलान्यास गरिएको थियो। प्रधानमन्त्री ओलीले समयमै भवन निर्माण गरेकोमा भवन...
-
सिंहदरबार घेर्न गएका नागरिक अभियन्ता पक्राउ
काठमाडौं । नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो । बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीसहित नागरिक अभियन्ता विमल अर्याल, अर...
-
हेटौंडामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु
मकवानपुर । हेटौंडामा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–३ का ३२ वर्षीय कृष्णहरि कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ बसामाडिमा गएराति मो...