आगामी तीन दिन भीषण वर्षाको सम्भावना

बागलुङ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन गण्डकीसहित देशका विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, मनसुनी वायुको प्रभावले आगामी २४ घण्टा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।

उक्त प्रदेशमा पहिरोको जोखिम तथा नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार बिहान मौसम बदली रही देशभर वर्षा भइरहेको छ । दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । dhorpatannewsबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार