• राजनैतिक खिचातानी बन्द गरौं : दाहाल

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्द गर्न भरतपुरबासीलाई आग्रह गर्नुभएको छ । सोमबार भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा आयोजित वृक्षारोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । महानगर प्रमुख दाहालले भरतपुरबासीलाई राजनैतिक खिचातान...

  • काठमाडौंमा सार्वजनिक शौचालयका छुट्टै संकेत चिन्ह

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका छुट्टै संकेत चिन्ह तयार गरेको छ । नीलो पृष्ठभूमिको संकेत चिन्ह अब होटल तथा रेस्टुरेन्टहरुले स्वेच्छिक रुपमा आफ्नो शौचालयमा राखेर सार्वजनिक रुपमा खुला गर्न सक्ने भएका छन् । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको...

  • कर्णाली सरकारको नीति तथा कार्यक्रम मंगलबार

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ । सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ । यसपटक कार्यान्वयनमुखि योजना मात्रै बजेटमा समा...

  • असारदेखि मतदाता नामावली संकलन

    काठमाडौँ । निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी असार १ देखि मतदाता नामावली संकलन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनअघि मंसिरमा स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि आयोगले पुनः नामावली संकलन गर्न लागेको हो । मतदाता नामावली आफू बसेकै जिल्लाबाट भर्न सकिने आयोगले जना...

  • नेपालगञ्जका क्यासिनोमा निर्वाधरुपमा नेपालीलाई प्रवेश, ७ जना पक्राउ

    काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिन...

  • गैरसांसदलाई मन्त्री बनाउने होड, देउवाले तीन र ओलीले सात जनालाई बनाए मन्त्री

    काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाउने होड चलेको छ । संविधानको धारा ७८ मा टेकेर ६ महिनासम्मका लागि गैरसांसदलाई मन्त्री बनाउने होड चलेको हो । पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार गैरसांसद शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त गनुभयो ।...

  • शिवपुरी(नागार्जुन निकुञ्जले माग्यो खानीसँग कागजात

    काठमाडौँ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र धादिङ, धुनिबेंसी नगरपालिका–१ छत्रेदेउराली (साबिक छत्रे देउराली गाविस–६) मा कानुनविपरीत सञ्चालन भइरहेका रोडाढुंगा र चुनढुंगा खानीसँग कागजात मागेको छ । बन्द गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गरेको भन्दै निकुञ्जको पानीमुहानस्थित मुख्यालयले पत्र लेखेर ख...

  • भारतको उत्तराखण्डमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको मृत्यु

    एजेन्सी । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको ज्यान गएको छ।मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके–०४–१५४१ नम्बरको बस आइतबार साँझ दुर्घटनामा परेको हो। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टी ...

  • उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ : रावल

    काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले स्थानीय चुनावबारे गम्भीर समीक्षा हुनुपर्ने बताउनुभएको छ । वैशाख ३० मा भएको स्थानीय चुनावमा एमालेले ७५३ मध्ये २०५ स्थानीय तहमा मात्रै जितेको थियो । धेरै ठाउँमा पार्टीका उम्मेदवार पराजित भएको भन्दै एमालेमा चुनावको परिणामबारे समीक्षा हुनुपर्ने आवाज उठिरहेको छ। कमजोरीको संस्थागतर...

  • मन्त्री माग्दै जसपाका आधा दर्जन सांसदहरूको छुट्टै भेला

    काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा लफडा सुरु भएको छ । पार्टीभित्र मन्त्री हेरफेर गर्ने तयारीका बीच आकाङ्क्षीहरू बढ्दै गर्दा आधा दर्जन नेता तथा सांसदहरूले छुट्टै भेला आयोजना गरेका छन् । अध्यक्ष उपेन्द्र यादवलाई आफूहरूमध्येबाट मन्त्री बनाउन दबाब दिने उद्देश्यका साथ पार्टीका आधा दर्जन सां...