राजनैतिक खिचातानी बन्द गरौं : दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्द गर्न भरतपुरबासीलाई आग्रह गर्नुभएको छ । सोमबार भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा आयोजित वृक्षारोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

महानगर प्रमुख दाहालले भरतपुरबासीलाई राजनैतिक खिचातानी रोकेर रचनात्मक सहयोगमा लाग्न आह्वान गर्नुभयो । ‘भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा सबै पार्टीको मत पाएकाले यो वा त्यो पार्टी भन्ने नै छैन, म साझा भएर विगतमा पनि काम गरेको र आगामी दिनमा पनि साझा भएर काम गर्ने प्रण गर्छु’ मेयर दाहालले भन्नुभयो। जनप्रतिनिधि भई कार्यभार सम्हालेपछि साझा भएर काम गर्नुको विकल्प नरहेको भन्दै उहाँले सबै नगरबासीहरुबीच सहकार्य र एकताको आवश्यकता रहेको बताउनुभयो ।

‘विगतमा जसरी काम गरेर हुँदैन, त्यो भन्दामाथि उठेर कामगर्ने संकल्प मैले गरेको छु’ मेयर दाहालले भन्नुभयो ।दोस्रो कार्यकालका लागि जनताको मन, विश्वास र मत लिने कुरा चुनौतीपूर्ण रहेको उहाँको भनाई छ । भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न वृक्षारोपणसहितको सडक बनाउने गरी वडागत तहमा कार्यक्रम लागु हुने जानकारी समेत उहाँले दिनुभयो । सबै वडाको सुन्दरता, सरसफाइलाई विषेश प्राथमिकताका साथ कार्यक्रम पनि अगाडि बढाइने उहाँको भनाई थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार