• वडाध्यक्षका उम्मेदवारको मृत्युपछि उनकै छोरा उम्मेदवार

    दाङ । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ ।स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा उम्मेदवारी दिएका लबरू चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरीलाई उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले जानकारी दिनुभयो ...

  • १५ केजी गाँजासहित तीन जना पक्राउ

    बारा । जितपुर सिमरा उपमहानगरपालिका–२१ बाट करिब १५ केजी अवैध लागूऔषध गाँजा सहित एक तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डे समेत ३ जना छन् । उनीहरुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.२ ह १३६४ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ...

  • वीरगञ्जको नाकामा भारतीय सशस्त्र सीमा बलसहितको संयुक्त गस्ती

    पर्सा । पर्साको वीरगञ्जस्थित नेपाल भारत सीमानामा गएराति १२ बजेबाट बन्द गरिएको छ । स्थानीय तह निर्वाचन अवधिभर सीमा नाका बन्द हुन्छ । नाकाबाट हुने आवतजावत रोक्नका लागि नेपालका मात्र नभएर भारतीय सुरक्षाकर्मीले पनि संयुक्त ‘बोर्डर पेट्रोलिङ’ गरिरहेका छन् । काउण्टरपार्टसँग बैठक बसेर संयुक्त पेट्रोलिङ गर्ने निर्णय गरिएको ...

  • नेपाली महिला टोलीले युगाण्डासँग टी–२० शृंखला खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अफ्रिकी देश युगाण्डासँग पाँच खेलको टी–२० शृंखला खेल्ने भएको छ । नेपाली महिला क्रिकेटको इतिहासमै पहिलोपल्ट टी–२० शृंखला हुन लागेको हो । नेपाल क्रिकेट संघ क्यानले युगाण्डासँगको अन्तर्राष्ट्रिय शृंखलाको मिति सार्वजनिक गरेको छ । शृंखलाका सबै खेलहरु त्रिवि क्रिकेट मैदान कीर...

  • श्री एयरलाइन्सको जहाजको इञ्जिन फेल भएपछि आकस्मिक अवतरण

    काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । ८७ जना यात्रु बोकेर बुधबार धनगढीका लागि उडेको विमानको एक इञ्जिन फेल भएपछि काठमाडौँमा आकस्मिक अवतरण गरिएको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ः०८ बजे त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।...

  • दार्चुलामा एमाले र सत्ता गठबन्धनबीच झडप, वडा अध्यक्षका उम्मेदवार घाइते

    दार्चुला। दार्चुलाको दुहु गाउँपालिका–५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ ।झडपमा वडा अध्यक्षका एमाले उमेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो । एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्त...

  • आचारसंहिता विपरीत पृथ्वीसुब्बा गुरुङले मागे भोट

    काठमाडौं । नेकपा एमालेका प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिता विपरीत पार्टीलाई भोट मागेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत गएराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । तर, नेता गुरुङले बुधबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमा आफ्नै भिडिओ सेयर गर्दै भोट मागेका हुन् । निर्वाचन आचारसंहिता अनु...

  • एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते

    सुर्खेत । सुर्खेतको सिम्तामा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई एमाले कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । गएराती साढे १० बजे सुर्खेतको सिम्ता गाउँपालिका–६ मा दुई पार्टीका कार्यकर्ताहरूबीच झडप भएको थियो । झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन् । उनीहरुक...

  • निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ मिडियामाथि कारबाही

    काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारबाही गरेको छ । काउन्सिलका अनुसार कारबाहीमा पर्ने मिडियामा २३ ओटा पत्रपत्रिका, २० ओटा रेडियो, १० ओटा टेलिभिजन, ८६ ओटा अनलाइन न्युज पोर्टल र ४४ ओटा वेब पोर्टल रहेका छन् । यस्तै २९ जना पत्रकारलाई पनि कारबाही गरिएको काउन्सिलले जनाए...

  • गोरखामा सर्वदलीय बैठकबाट काँग्रेस प्रतिनिधि हतियारसहित पक्राउ

    गोरखा । गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट काँग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय...