पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको जानकारी दिनुभयो । विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर...
समाचार
-
-
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन
पोखरा । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।...
-
सत्तामा पुगेकाहरुमा स्वेच्छाचारी, अहंकारी र भ्रष्ट आचरण देखिनु दुःखद् : नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताउनुभएको छ । १५औँ गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै नेपालले यस्तो धारणा व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले शासनसत्तामा पुगेकाहरुमा स्वेच्छाचारी प्रवृत्ति, अ...
-
राप्रपा नेपालले सातै प्रदेशमा भेला गर्ने
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले सातै प्रदेशमा भेला र अन्तर्क्रिया गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको निर्णयअनुसार भेला तथा प्रशिक्षण गर्न लागिएको महामन्त्री राजाराम बर्तौलाले बताउनुभयो । 'जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत ' बर्तमानका चुनौती र विकल्पू विषयमा अन्तर्...
-
नयाँ नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न ओलीले रोक लगाउनुभएको थियो : पूर्वमन्त्री पोखरेल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सासहितको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको बताउनुभएको छ । शनिबार संसदमा बोल्दै पोखरेलले नयाँ नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न ओलीले रोक लगाएको...
-
विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताउनुभएको छ । १५औँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उहाँले सो उद्देश्य ...
-
अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण राष्ट्रियसभामा पेस गर्ने
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८/७९ का आर्थिक सर्वेक्षण पेस हुने छ । अर्थमन्त्री जनार्दन शर्माले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभएको छ । बैठकमा राष्ट्रियसभा सदस्य कमल पन्त प्रस्तावक भएर शुक्रबार पेस भए...
-
सङ्घीय लोकतान्त्रिक गणतन्त्र युगान्तकारी परिवर्तन : मुख्यमन्त्री केसी
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर यो एउटा युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले गणतन्त्र नेपालको स्थापनाका लागि नेपालीहरुको महत्वपूर्ण त्याग, तपस्या र बलिदा...
-
‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्ने पार्टी एमाले : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्ने पार्टी भएको बताउनुभएको छ । १५औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासले के...
-
नेपाललाई विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको बताउनुभएको छ । १५औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभएको हो ।उहाँले राष्...





















