काठमाडौं । १२ जना जवान सम्पर्कमा नरहेपछि प्रहरी प्रधान कार्यालयले हाजिर हुन आउन सात दिने म्याद दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना जारी गरी बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो । सात दिनभित्र पनि सम्प...
समाचार
-
-
रुसमाथि प्रतिबन्ध लगाउन अमेरिकासँग युक्रेनको माग
न्युयोर्क । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रसियामाथि तत्काल प्रतिबन्ध लगाउन माग गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग उहाँले यस्तो माग गर्नुभएको हो । रुसले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ ‘शान्ति सेना’ पठाउने घोषणा गरेपछि व...
-
पर्यटनमा सघाइदिन बेलायती राजदुतसँग मुख्यमन्त्रीको आग्रह
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग गण्डकी प्रदेशको दीगो पर्यटनमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा पोखरेलले गण्डकीको विकासको प्रमुख आधार पर्यटन भएकोले यसको विकास अपरिहार्य रहेको बताउनुभयो । बेलायतले नेपालको विकासम...
-
प्रदेश १ को नामकरणबारे छलफल गर्न आज सर्वदलीय बैठक
विराटनगर । ६ वटै प्रदेशले आफ्नो नाम राखिसक्दा पनि अलमलमा रहेको प्रदेश १ मा आज सोही विषयमा सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेश संसद गठन भएको ४ वर्ष वितिसक्दा पनि नमाकरणको टुंगो लाग्न सकेको छैन । प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान भएको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ...
-
३६ जना चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो । चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले भन्नुभयो–‘उनीहरूबारे अनुसन्धान गर्दै छौँ ।’ चिनियाँ नाग...
-
स्थानीय तहको निर्वाचन घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
काठमाडौँ । स्थानीय तहको निर्वाचनको घोषणाविरुद्व दर्ता भएको रिटमा आज मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरेपनि ०७४ मा दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएको थियो । महोत्तरीक...
-
एमसीसीविरुद्धको आन्दोलनप्रति ओली आक्रोशित, भने : प्रहरीलाई ढुंगा नहान भन्ने कोही भएनन्
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गर्नुभएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारमा रहेका क्रान्तिकारीहरुले सडक भत्का...
-
थप ३८८ जनामा कोरोना संक्रमण, ४ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ४० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...
-
कांग्रेस प्रवक्ता महतको प्रश्न : अन्त कतै नगएको अमेरिकी सेना एमसीसी पास हुनेबित्तिकै कसरी आउँछ ?
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे झुटको पर्दा उघारिन थालेको बताउनुभएको छ । सोमबार पत्रकारसँगको भेटघाटमा कांग्रेस प्रवक्ता महतले अहिले संसद्मा टेबल गरिएको एमसीसी सम्झैता पास भएमा अमेरिकी सेना आउने अफवाह गलत भएको टिप्पणी गर्नुभयो ।'अ...
-
गंगालाल हृदय रोग केन्द्रका तत्कालीन ल्याब इञ्चार्जविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इञ्चार्ज विनोदकुमार यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार यादवविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनले केन्द्रको छाप आफूखुसी बनाएर नक्कली पिसिआर रिपोर्ट बनाइदिने गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएक...