सर्लाही । सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् । भारत तथा नेपालका विभिन्न स्...
सुरक्षा
-
-
१ थान पेस्तोल सहित ३ जना पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-३ मोतिगढाबाट १ थान पेस्तोल सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५९ वर्षीय पशुराम चौधरी, सोही ठाउँ बस्ने ५० वर्षीया श्याम कुमारी चौधरी र सप्तरी सुरुङ्गा नगरपालिका-८ बस्ने २३ वर्षीय बबि चौधरी रहेका छन् । पशुरामको घरमा हातहतियार रहेको...
-
१० वर्षीया छोरीलाई बलात्कारपछि हत्या गर्ने बुवा पक्राउ
धनगढी । कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । प्रहरीका अनुसार जेठ २७ गते भै...
-
ताराखोलामा पहिरोबाट ७ परिवार विस्थापित
बागलुङ । निरन्तर वर्षाका कारण पहिरो झर्दा ताराखोला गाउँपालिकामा ७ घर परिवार विस्थापित भएका छन् । ताराखोला गाउँपालिका वडा नम्बर ५ मा तीन घर र वडा नम्बर २ मा चार घर विस्थापित भएको प्रहरीले जनाएको छ । ताराखोला गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय लिलाबहादुर विक, ४५ वर्षीय मिठे विक र ६५ वर्षीय टिकाराम विकको घर पहिरोको उच...
-
१४३ किलो गाँजा बोकेको कन्टेनर गाडीसहित तीनजना पक्राउ
काठमाडौं । प्रहरीले मकवानपुरमा १४३ किलो ३०० ग्राम गाँजा बोकेको कन्टेनर गाडीसहित तीन जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थाना भर्याङबाट गाँजासहित तीन जनालाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो। मनहरीबाट हेटौंडा...
-
प्रशासकीय अधिकृतलाई १५ लाख रुपैयाँ नदिए मार्ने धम्की दिएको आरोपमा कार्यालय सहयोगी पक्राउ
वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख रुपैयाँ नदिए मार्ने धम्की दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सुवर्ण गाउँपालिका-४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादव पक्राउ परेका हुन् । यादव गाउँपालिकामा नै करार सेवामा कार्यरत कार्यालय सहयोगी हुन् । प्रमुख प्रशासकीय अधिकृ...
-
बारामा शङ्कास्पद अवस्थामा एक युवकको शव फेला
वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकामा शङ्कास्पद अवस्थामा एक युवकको शव फेला परेको छ । शव विश्रामपुर-२ बस्ने अन्दाजी २६ वर्षीय भादो बैठाको रहेको प्रहरीले जनाएको छ । बरैनिया बजार जाने बाटोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान ...
-
‘क्र्याक ब्यान्डेज’ले घाँटीमा बाँधेर साथीको हत्या
झापा । मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार ग...
-
महोत्तरीमा सुनचाँदी व्यवसायीलाई गोली प्रहार गरी लुटपाट
महोत्तरी । महोत्तरीमा लुटेराहरूको एक समूहले गोली प्रहार गरी लाखौं लुटपाट गरेका छन् । सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्सा बजारमा गएराति १० जनाको संख्यामा रहेका एक समूहले राजीव ज्वेलर्स सुनचाँदी पसलमा हातहतियार पड्काउँदै लुटपाट गरेका हुन् । लुटपाटका क्रममा लुटेराहरूको समूहले चलाएको गोलीबाट राजीव ज्वेलर्सका संचालक...
-
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोवाटोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराती बा.७७ प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बु घर भएका रमेश कुमार बस्नेतको मृत्यु भएको भक्तपुरकी एसपी तारादेवी थापाले बताउनुभयो । काठमाडौंबाट भक्तपुर जाँदै गरेको सो मोटरसाइकलमा ३ जना सवार थिए ...