थम्मन थापा बागलुङ,बुधबार कात्तिक २० गते । गलकोट नगरपालिका ७ मल्ममा १ दिने निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना, वडा नं ७ को समन्वय तथा गलकोट अप्टिकल आँखा उपचार केन्द्र हटियाको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो । मल्म सप्ताहघाटमा सञ्चालन...
स्थानीय
-
-
शिव म्याग्दी आउने !
बेनी ,बुधबार कात्तिक २० गते । प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’ यही कार्तिक २९ गते बेनी आउने भएका छन् । गजलकार प्रकट एकल गजल वाचनको लागि म्याग्दीको सदरमुकाम बेनी आउने भएका हुन् । म्याग्दी उद्योग वाणिज्य सङ्घको सभा हलमा दिनको तीन बजेबाट कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ । हातमा समाई उनलाई खोला तार्नुको मज्जा ...
-
टोड्के हिल रिसोर्टद्धारा जेष्ठ खेलाडीलाई सम्मान
प्रताप बानियाँ बेनी ,मंगलबार कार्तिक १९ गते । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलकुद क्षेत्रको विकासमा पर्याप्त लगानी र पूर्वाधारको आवश्यकता रहेको बताएका छन् । शनिबार टोड्के हिल रिसोर्ट प्रालिद्वारा आयोजित म्याग्दी जिल्लामा ५० वर्षमाथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी खेलाडील...
-
लोकदिप सहकारीको छैठाैं साधारणसभा,अध्यक्षमा गौतम
बेनी ,सोमबार कात्तिक १८ गते । सहकारीले उत्पादनमुखी क्षेत्रलाई प्राथमिता दिएर लगानी गर्नुपर्नेमा जोड दिइएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशन तथा छैंठौ साधारणसभा शनिबार उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सहकारीले साना ब्यवसायीलाई लक्षित गरी उत्पा...
-
गाउँपालिकाले गुणस्तरिय शिक्षामा जोड दिएको छ ः अध्यक्ष रोका मगर
बेनी,सोमबार कात्तिक १८ गते । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकाले गुणस्तरीय शिक्षामा जोड दिएको बताउनुभएको छ । शुक्रबार मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविद्धारा आयोजित आर्थिक सहयोगदाता विदेशी संस्था नमस्ते ईन्फान्त डी हिमालय फ्रान्सलाई स्वागत तथा सम्मान कार्यक्रम...
-
ब्रेकिङ न्युज : बिममा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु,१८ घाईते
बेनी ,आइतबार काक्तिक १७ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा यात्रुबहाक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भने १८ जना घाईते भएका छन् । दरबाङतर्फबाट बिम गाउँतिर जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दील...
-
तिहार लक्षित बेनीमा बजार अनुगमन
म्याद नाघेका बस्तु जफत गरि नष्ट गरियो बेनी,शुक्रबार कात्तिक ८ गते । तिहारलाई लक्षित गरि बेनीमा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सरोकारवालाहरुको टोलीले बुधवार बेनीमा बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थहरु भेटिएको टोलीले जनाएको छ । किराना, फलफुल र...
-
सामाजिक चिन्तन र अग्रसरताले मात्रै समृद्व समाज निर्माण हुन्छ : अध्यक्ष थापा
थम्मन थापा बागलुङ ,शुक्रबार कात्तिक ८ गते । अन्तराष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापाले समाज बनाउने जिम्मा हाम्रो आफनै दायित्व भएको बताउनु भएको छ । जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको ५ औं वार्षिकोत्सव तथा ७ औं तिहारे मेलाको समुदघाटन गर्दै यस्तो बताउनु भएको हो ।समाजमा विकृति विसङगति न्यूनिकरण गर्...
-
छाप मेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
बेनी ,शुक्रबार कात्तिक ८ गते । छाप युवा क्लब बेनी नगरपालिका–६, छाप म्याग्दीको आयोजनामा बुधबारदेखि चौथो छाप मेला–२०७६ अन्तर्गत विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसर पारेर आउँदो शनिबारसम्म विविध कार्यक्रमहरु सञ्चालन गरिएको हो । विविध कला, संस्कृति र खेल...
-
भुरुङ्ग तातोपानीको सर्वोदय माविलाई ३ लाख पुरस्कार
सुरेन गुरुङ म्याग्दी,विहिबार कात्तिक ७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी स्थित सर्वोदय माध्यामिक विद्यालयले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । माविलाई नेपालको सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गतिबिधिमा सहयोग गर्दै आएको दक्षिण कोरीयाको एक संस्थाले सर्वोदय माविलाई तीन लाख रुपैयाँक...