![](https://myagdinews.com/wp-content/uploads/2020/03/himpat-myagdi-5.jpg)
सन्तोष गौतम
बेनी ,आइतबार चैत्र ०२ गते । म्याग्दीको उच्च पहाडि क्षेत्रमा शनिबार रातीको बेमौसमी हिमपातले हिउँदेबाली सखाप पारेको छ । धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । बेमौसममा भएको हिमपातले गहुँ, जौ, उवा, केराउलगायत हिउँदे बाली नष्ट गरेको धवलागिरी गाउँपालिका १ गुर्जाका प्रेम छन्त्यालले बताए ।
![](https://myagdinews.com/wp-content/uploads/2020/03/himpat-myagdi-5.jpg)
गुर्जामा दुई फिट बाक्लो हिउँ जमेको छ । यो वर्ष नवौं पटक हिमपात भएको उनले बताए । बाला लागेको गहुँ, जौ र उवाको बोट हिउँले ढलाएर नष्ट गरेको मालिका ५ देविस्थानका बालकुमार फगामीले बताए ।
धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ, मच्छिम, काफलडाडा, मालिकाको देविस्थान, छाप, ओखरबोट, रुम, निस्कोट, मंगलाको किमचौर, झाँक्रेपानीलगायतका ठाउँमा हिमपात भएको छ ।
![](https://myagdinews.com/wp-content/uploads/2020/03/himpat-myagdi-4.jpg)
यसैगरी रघुगंगा गाउपालिकाको कुइनेमंगले, अन्नपूर्णको राम्चे, नागी, शिख, घोडेपानी, नारच्याङको लेकगाउमा हिउँ परेको छ ।
भोकमरीको जोखिम
धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले हिमपातले ७५ प्रतिशत हिउँदेबालीमा क्षत्ति पुगेको बताइन् । ुप्रमुख खाद्यबालीनै नष्ट गरेपछि कृषक निराश भएका छन्, ुउनले भनिन्, ुबालामा दाना पुष्टिन लागेको बेलामा हिउँले बोट ढलाएपछि कृषकको मेहनत खेर गएको छ । भोकमरीको जोखिम बढेको छ ।ु
![](https://myagdinews.com/wp-content/uploads/2020/03/himpat-myagdi-7.jpg)
कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्कअनुसार म्याग्दीको तीन हजार ६२ हेक्टर क्षेत्रफलमा गहुँ, ३०४ हेक्टरमा जौ र १९० हेक्टरमा उवा खेती हुन्छ । वार्षिक छ हजार ५६५ मेट्रिक्टन गहुँ, ३९५ मेट्रिक्टन जौ र २४० मेट्रिक्टन उवा उत्पादन हुने कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
![](https://myagdinews.com/wp-content/uploads/2020/03/himpat-myagdi-6.jpg)
वडामा खटिएका कृषि प्राविधिकलाई परिचालन गरेर हिउँले खेतीबालीमा पुर्याएको क्षतिको विवरण संकलन सुरु गरेको कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले बताए । ुसबैभन्दा बढी धवलागिरी गाउँपालिकामा क्षति गरेको सूचना आएको छ,ु उनले भने,ुकृषि प्राविधिकलाई क्षतिको विवरण संकलनमा खटाएका छौं।ु
गुर्जामा विद्युत अवरुद्ध
हिउँले विद्युतका पोल ढलाएपछि गुर्जामा विद्युत आपूर्ति बन्द भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । घुर्मखोला लघुजलविद्युत परियोजनाको विद्युतगृहदेखि गाउँको बीचमा छ वटा पोल हिउँले ढलाएको छ । २५० घरधुरीले सो परियोजनाबाट विद्युत सुविधा उपभोग गर्दै आएका थिए । भौगोलिक रुपमा विकट क्षेत्रमा पर्ने गुर्जामा हिउँ परेपछि छिमेकी गाउँमा आवत जावत समेत बन्द भएको छ ।
![](https://myagdinews.com/wp-content/uploads/2020/03/himpat-myagdi-3.jpg)
ुचैतमा हिउँ परेको यो पहिलो पटक होला,ु वडा अध्यक्ष छन्त्यालले भने,ुपटक पटक हिमपात हुँदा विकास निर्माणको कामलाई समेत असर गरेको छ ।ु गुर्जाको जनकल्याण माविको भवनको छानो भत्कीएको छ । गाई, भैसी, भेडा(बाख्रालाई आहराको अभाव भएको छ ।
![](https://myagdinews.com/wp-content/uploads/2020/03/himpat-myagdi-2.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2020/03/himpat-myagdi-1.jpg)