• सहिद सप्ताहको दोस्रो दिन, धर्मभक्त माथेमाको शालिकमा फूलमाला अर्पण

    काठमाडौँ । सहिद सप्ताहअन्तर्गत आज मंगलबार दोस्रो दिन सहिद धर्मभक्त माथेमाको शालिकमा फूलमाला अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरिएको छ। १०४ वर्षिय जहानिँया राणा शासनविरुद्ध आवाज उठाउँदा १३ माघ १९९७ मा धर्मभक्त माथेमालाई तत्कालीन राणा शासकले सिफलमा फाँसी दिएको थियो। ९ असोज १९६६ काठमाडौँको ओमबहालमा जन्मिएका माथेमा जेठ १९९...

  • सङ्क्रमण बढेपछि कास्कीमा अधिकांश सरकारी कार्यालयको सेवा स्थगित

    कास्की । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ ।​ सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन् । केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको छ भने केहीले आंशिक सञ्चालन गरेका छन्...

  • कृषि क्षेत्रमा दोब्बरले लगानी बढाउन अर्थमन्त्रीको आग्रह

    काठमाडौं। कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गर्नुभएको छ । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह गर्नुभएको हो । ‘यो ५७औं वार्षिकोत्सव समारोह सँगसँ...

  • ४० लाख डोज मोर्डना खोप आज आइपुग्ने

    काठमाडौँ । मंगलबारसम्ममा अमेरिकाबाट थप ४० लाख डोज खोप नेपाल आउने भएको छ। तीमध्ये सोमबार राति १६ लाख ६० हजार डोज र बाँकी २३ लाख ४० हजार डोज खोप मंगलबार बिहान नेपाल आइपुग्ने स्वास्थ्य सेवा आपूर्ति महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख सुरेन्द्र चौरासियका अनुसार विश्व बैंकको सहयोगमा नेपाल सरकारले खरिद गरेकोमध्येको खोप म...

  • हैटीमा भूकम्पः दुई जनाको मृत्यु, २ सय घर ध्वस्त

    एजेन्सी । दक्षिण पश्चिम हैटीमा भूकम्प जाँद कम्तिमा दुई जनाको मृत्यु भएको छ। ५ दशमलब ३ म्याग्निच्युडको सो भूकम्पपछि २०० घर भत्किनुका साथै केही मानिस घाईते भएका छन्। भूकम्पपछि परकम्पहरु आइरहेका छन्।राजधानी पोर्ट अउ प्रिन्सबाट १३० किलोमिट पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृत्यु भएको छ। भूकम्पको केन्द्र बिन...

  • नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुनुस् : मानव अधिकार आयोग

    काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ । कोरोना रोकथामका तयारी र प्रयासहरुका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले सोमबार सरकारका अधिकारीहरुसँग छलफल गर्दैं यस्तो आग्रह गरेको हो । छलफलमा आयोगका अध्यक्ष तपबह...

  • अपहरणमा परेका राइडर अफलाइन थिए : पठाओ

    काठमाडौँ । पठाओ नेपालले अपहरणमा परेका राइडर राइडमा हुँदा अपहरणमा नपरेको बताएको छ । पठाओले एक विज्ञप्ति जारी गर्दै अपहरणमा परेका राइडर अनलाइन राइडमा नभएको बताएको हो । विज्ञप्तिमार्फत कम्पनीले भनेको छ, ‘पठाओ अनलाइन सेयर राइडिङ प्लेटफर्म हो । यो सेवा लिन र दिन अनलाइनमार्फत बुकिङ गर्न आवश्यक छ । सेवा प्रदान गर्दा यात्रा...

  • थप १०३१९ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २ सय १ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हु...

  • सौर्य ऊर्जाको पिपिए प्रतिस्पर्धाबाट गर्ने प्राधिकरणको निर्णय

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) प्रतिस्पर्धाबाट गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पिपिए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको छ। सोलारबाट उत्पादित...

  • जुम्ला कारागारमा भेटघाट बन्द

    जुम्ला । कोरोना संक्रमण बढेसँगै जुम्लाको कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ। कारागारमा प्रशासनले कोरोना सर्न सक्ने भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको हो। कारागारका जेलर विष्णुबहादुर महतका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भएकाले बन्द गरिएका हो। उहाँले भन्नुभयो, ‘कारागार व्यवस्थापन ...