• अवहेलना मुद्दामा सर्वोच्चले प्रधानमन्त्रीलाई बोलायो ,लिखित जवाफसहित आफैँ उपस्थित हुनुपर्ने

    काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । रिटमा प्रारम्भिक सुनुवा...

  • युद्धकालमा बेपत्ता पारिएका व्यक्तिको परिवारलाई परिचयपत्र वितरण सुरु

    काठमाडौं । सरकारले जनयुद्धका समयमा बेपत्ता पारिएका व्यक्तिहरुको परिवारका सदस्यलाई परिचयपत्र वितरण सुरु गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमार्फत पीडित पहिचान तथा परिचयपत्र वितरणको सुरुवात भएको हो । आयोगले बर्दियाको गुलरियाबाट परिचयपत्र वितरणको सुरुवात गरेको हो । यसअघि सरकारले गणतन्त्र ल्याउनका लागि योगदा...

  • नेपालमा भ्रष्टाचार बढ्यो : ट्रान्सपरेन्सी

    काठमाडौं । नेपालमा भ्रष्टाचार बढ्दै गएको एक प्रतिवेदनले औंल्याएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा भ्रष्टाचार बढेको पाइएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले यसवर्ष १८० देशमा गरेको (भ्रष्टाचार अवधारणा सूचकांक) सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा परेको हो ।...

  • पहिलो दिन १३० जनाले लगाए कोरोना विरुद्ध खोप

    बेनी ।पहिलो दिन म्याग्दीमा एक सय ३० जनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार ९७ महिला र ३३ जना पुरुष गरी १३० जनाले खोप लगाएका हुन् । बेनी अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कँडेलले पहिलो खोप लगाएर म्याग्दीमा पनि खोपको शुभारम्भ गरिएको ...

  • थप २८३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४ हजार ३८२ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा २ सय ...

  • म्याग्दीमा अस्पतालका प्रमुख डा.कँडेलले लगाए कोरोना विरुद्धको पहिलो खोप (फोटो फिचर)

    बेनी ।कोरोना भाइरस (कोभिड– १९) विरुद्ध आजदेखि देशभर खोप लगाइएको छ ।बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले पहिलो खोप लगाएर म्याग्दीमा पनि खोपको शुभारम्भ गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख देबेन्द्रबहादुर केसीले खोपको प्रभावकारीता र सुरक्षित हुनेमा विश्वास व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अ...

  • जुम्लाको गोठीगाउँमा आगलागी हुँदा २५ घर जलेर नष्ट

    जुम्ला । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन्। सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना ...

  • सातै प्रदेशमा कोरोना खोप अभियान आजबाट

    काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ। ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन्। यो अभियान बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिँदै छ। ‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन। कसै–कसैलाई सामान्य असर देखा पर्न ...

  • राष्ट्रिय अपाङ्ग महासंघको संघीय कार्यसमितिको बैठक भोलीदेखी बेनीमा हुँदै (भिडिओ सहित )

    म्याग्दी । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्यसमितिको बैठक बेनीमा भोलीदेखी हुने भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा १४ गतेदेखी हुन लागेको पाँचौं पुर्ण बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाईएको छ । महासंघले मंगलवार पत्रकार सम्मेलन गरि बुधवार हुने संघीय कार्यसमितिको पूर्ण बैठकको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए...

  • भिरबाट लडेर एक महिलाको मृत्यु

    बागलुङ । बागलुङको निसीखोलामा भिडबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर २ उपल्लो बेङ्निवासी ३३ वर्षीय छलि विकको भिडबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । विक मंगलबार बिहान ८ बजे घाँस काटेर फर्किने क्रममा भिरबाट लडेर...