थप २८३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४ हजार ३८२ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ४६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ को मृत्यु भएको छ । भने २ हजार २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार