थप १५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा २ लाख ७० हजार ७ सय ४५ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ सय ३३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय २२ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ६४ हजार ८१ परीक्षणहरु गरिएका छन् ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ११ रहेको छ । २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार