पहिलो दिन १३० जनाले लगाए कोरोना विरुद्ध खोप

बेनी ।पहिलो दिन म्याग्दीमा एक सय ३० जनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार ९७ महिला र ३३ जना पुरुष गरी १३० जनाले खोप लगाएका हुन् । बेनी अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कँडेलले पहिलो खोप लगाएर म्याग्दीमा पनि खोपको शुभारम्भ गरिएको हो । पहिलोे दिन खोप लगाएकाहरुमा कुनै पनि समस्या नरहेको निमित्त प्रमुख लम्सालले जानकारी दिनुभयो ।

यो पनि

https://myagdinews.com/2021/01/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%af%e0%a5%8b-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%96%e0%a5%8b/

https://myagdinews.com/2021/01/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/

पहिलो चरणमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी ,महिला स्वयंसेविका,सुरक्षाकर्मी,एम्बुलेन्स लगायत सवारी साधनका चालक गरी ८२१ जनाले खोप लगाउनेछन् ।पहिलो चरणको खोप अभियान माघ २० सम्म सञ्चालन हुनेछ । म्याग्दीमा ९४० डोज  खाेप आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार