झापा । अविरल वर्षापछि झापाको रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित भएका छन्। गए रातिदेखि परेको अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक वडा नं. ७ रेडक्रस भवन पछाडि खोला किनारको वस्तीमा कटान गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। कटानमा परी दमक ७ बस्ने खड्ग लिम्बू, विष्णु लिम्बू , सुवास लिम्बू, र...
घटना
-
-
जनकपुरधामका उपप्रमुख साहमाथि आक्रमण
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि आक्रमण भएको छ ।जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएको समूहले उपप्रमुख साहमाथि आक्रमण गरेको हो । आक्रमण गर्ने समूहमध्येका एक महिलाले उपप्रमुख साहमाथि चप्पल प्रहार गरेकी छन् । बेला गाउँ...
-
विद्यालयका हिसाब माग्दा प्रधानाध्यापकले कुटेको शिक्षिकाको आरोप
काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता आधारभूत विद्यालयकी शिक्षिका गोमा कार्कीलाई प्रधानध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् । प्रधानाध्यापक पौडेलले आफूलाई लात्तीले पेटमा हानेको शिक्षिका कार्की बताउँछिन् । जिल्ला अस्पताल दिक्तेलमा प्राथमिक उपचार गरेर उनलाई थप उपचारका लागि बिराट...
-
उपाध्यक्षका देवरको मृत्यु हुँदा गाउँपालिकाभर बिदा
काठमाडौं । रूपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्ष आशा सिंहको देवरको दुर्घटनामा परेर मृत्यु भएपछि गाउँपालिकामा बिदा दिएको छ।गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले आज दिउँसो १ बजेदेखि बिदा दिइएको बताउनुभयो । ‘उपाध्यक्षको देवरको भैरहवामा मोटरसाइकल दुर्घटनामा निधन भयो। हामी अहिले घटना स्थलमा जाँदैछौं, त्यसैले दिउँसो १ ...
-
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
टीकापुर । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्...
-
ताप्लेजुङमा आठ घर पहिरोले बगायो
ताप्लेजुङ । ताप्लेजुङमा आठवटा घर पहिरोले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिरोले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी...
-
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
गुल्मी । कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका एक जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिनुभयो । अभिभावकल...
-
अरुण तेस्रोमा मजदुर मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेन
किमाथाङ्का । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन । मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला परेका थिए । उनको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले...
-
बाढीले भत्कायो तनहुँमा पुल
दमौली । बाढीले तनहुँको चुँदीखोलामा बाढी आउँदा भानु नगरपालिका २ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीय राजेश कार्कीले बताउनुभयो । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका ५, ६,...
-
सुरक्षागार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा चार विद्यार्थी पक्राउ
काठमाडौं । काठमाडौंको ट्रिनिटी कलेजका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले चार जना विद्यार्थीलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २९ कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा सोही कलेजका चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 356
- Next Page »