सिन्धुपाल्चोक । मतगणनाको विषयमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका–५, गुन्सा क्षेत्र तनावग्रस्त बनेको छ । दुवै पक्षबीच कुटाकुट र ढुंगामुडा हुन थालेपछि स्थानीयको गुहारमा झडपलाई रोक्न गुन्सा क्षेत्रमा चारैतिर सुरक्षाकर्मी फैलिएका छन् । बुधवार मत गणनाको क्रममा तीन मत हराएको र चार वटा...
घटना
-
-
रोल्पामा कैदी झुन्डिएको अवस्थामा फेला
काठमाडौं । काठमाडौं रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् । सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो । शौचाल...
-
सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा अनुसन्धान विभागका कर्मचारीको मृत्यु
काठमाडौँ । सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ। बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो। ...
-
विजय जुलुसमा मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते
रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर–१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर–१० को शंकरपुरमा दुर्घटना भएको हो । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको...
-
उदयपुरमा कार दुर्घटना हुँदा एकको निधन, ४ घाइते
उदयपुर । उदयपुर मा अघिल्लो राति कार दुर्घटनामा पर्दा एकजनाको ज्यान गएको छ भने ४ जना घाईते भएका छन्। मदन भण्डारी लोकमार्ग अन्तर्गत जिल्लाको उदयपुरगढी गाउँपालिका ६ नेपालटारस्थित बैजनाथ खोलाको पक्की पुलमा राति पौने १० बजे बा २५ च ७८१९ नं. को कार आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा परी मोरङ बिराटनगर महा...
-
दाजुभाइबीच विवाद हुँदा गोली चल्यो
जनकपुरधाम । धनुषामा दुई पक्षबीच विवाद हुँदा गोली चलेको छ।नगराइन नगरपालिका ८ स्थित अकौरा बस्ने जामुन पासवान र नसिब पासवानबीच घरायसी विवाद हुँदा गएराति गोली चलेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार जामुन र नसिब दाजुभाइ हुन्। दुबै पक्षबीच झगडाको क्रममा कुटाकुट हुँदा नसिब पक्षका ५० वर्षीय श्रीनारायण पासवानले जामुनमाथि गो...
-
जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर–९ मा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनबाट आएको जंगली हात्तीको आक्रमणबाट पशुपति टोल बस्ने ७० वर्षीया पेना किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनको मेची अस्पताल भद्रपुरम...
-
प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । प्रेमबहादुरको मंगलबार बिहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा गोविन्द परियारले जानकारी दिनुभयो । विगत एक वर्षदेखि बिमारी रहेका प्रेमबहादुरको शवलाई आजै पशुपति आर्यघाटमा अन्...
-
मोटरसाइकल दुर्घटनामा उम्मेदवारको मृत्यु
धादिङ । धादिङको ससाहमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइसर ट्रकसँग ठोक्किएर नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको हो । दुर्घटनामा सँगै सवार नीलकण्ठ नगरपालिका–४ का सन्तोष अधिकारी गम्भीर घाइते भएका छन् । उनको धादिङमा उपचार हुन नसकी काठमाड...
-
बाजुरामा झडप हुँदा म्यादी प्रहरी घाइते
बाजुरा । बाजुराको बडिमालिका नगरपालिकास्थित वडा नम्बर–२ मा झडप भएको छ । सो वडाको अध्यक्षमा निर्वाचित वडाअध्यक्ष डम्बरबहादुर महतको विजय जुलुसमा सहभागीहरुले म्यादी प्रहरीमाथि धारिलो हतियार प्रहार गरेका छन् । धारिलो हतियारको प्रहारबाट म्यादी प्रहरी २३ वर्षका पुष्प कटुवाल घाइते भएका छन् । हतियार प्रहार गर्ने २० वर्षीय नर...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 356
- Next Page »