जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर–९ मा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनबाट आएको जंगली हात्तीको आक्रमणबाट पशुपति टोल बस्ने ७० वर्षीया पेना किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार