काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको मृत्यु भएको हो । यससँगै विदेशमा कोरोनाभाइरसबाट विदेशका २० मुलुकमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३ सय १९ पुगेको हो । संघको स्वास्थ्य समितिका सं...
अन्तर्राष्ट्रिय
-
-
विश्वकै लामो झोलुङ्गे पुलको उद्घाटन
बागलुङ । विश्वकै लामो झोलुङ्गे पुलको शनिबार उद्घाटन गरिएको छ । बागलुङ नगरपालिका—१ रामरेखा बाँगेचौरबाट पर्वतको कुस्मा नगरपालिका—१ पाङ अदुवाबारी जोड्ने नेपालकै एक मात्र ५६७ मिटर लामो झोलुङ्गे पुलको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गरेका हुन् । पुल निर्माणको अवधी आगामी फागुनसम्म भएपछि पनि निर्माण कम...
-
म्याग्दीका निर्मल पुर्जा सहित १० नेपाली पुगे केटू हिमालको चुचुरोमा
काठमाडौँ । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।चीन र पाकिस्तानको सीमामा पर्ने सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि कोही सफल भएको थिएन ।...
-
भारत–नेपाल पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी
‘खेतमा डिजल बगेपछि चोरीको पोल खुल्यो’ काठमाडौँ । पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको छ । बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत डिजल आपूर्ति हुँदै आएको छ । भारतीय अखबार नवभारत टाइम्सका अनुसार बिहारको सिवान जिल्लाको ...
-
प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएर बेसक्याम्प पुगेको जी न्यूजले भन्यो: ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’
काठमाडौं । भारतीय पत्रकार सुधीर चौधरीले सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दावी हुनुपर्ने बताएका छन् । भारतीय टेलिभिजन जी न्युजको ‘डीएनए’ कार्यक्रम मार्फत उनले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनैको नामबाट यसको नामाकरण हुनुपर्ने बताएका हुन् । बेसक्याम्पमा पुगेर उनले भनेका छन्,...
-
अपहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार , अपहरणमा संलग्न ४ पक्राउ
काठमाडौं । काठमाडौँको एक होटेलबाट अपहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार गरिएको छ । अपहरणमा परेका दुई चिनियाँ नागरिकको पाँच दिनपछि सकुसल उद्धार गरिएको हो । काठमाडौंको गौशलास्थित होटेल आनन्दमा बसेका चिनियाँ नागरिक लि विपिङ र लि जियाजिङ अपहरणमा परेका थिए । उनीहरुको पाँच दिनपछि सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ...
-
म्याग्दी सहकारीद्धारा सपना रोका मगरलाई सम्मान (तस्बिर सहित)
बेनी । म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा शुभराम्भ भएको छ । काठमाडौंको गोंगबुमा रहेको सो सहकारीले मंगलबार एक कार्यक्रमका विच १३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन सहकारीका बरिष्ठ सल्लाहकार डा. ज्योती शेरचले गर्नुभयो । सहकारीले साधारणसभाको अवसरमा बिबिसीले छनौट गरेको ...
-
बेलायतमा एकैदिन ५८ हजार जनामा कोरोना संक्रमण भएपछि नयाँ लकडाउन घोषणा
काठमाडौं । इङल्यान्ड र स्कटल्यान्डमा नयाँ लकडाउन घोषणा भएको छ । इङल्यान्ड, स्कटल्यान्ड र आयरल्यान्डका धेरैजसो विद्यालयहरु बन्द छन् ।यता, उत्तरी आयरल्यान्डमा भने दूरी शिक्षालाई बिस्तारित रुपमा पढाइंदैछ । कम्तिमा फेब्रुअरीसम्म इङल्यान्डमा कडाई कायम रहनेछ, स्कटल्यान्डमा जनवरीको अन्त्यमा लकडाउनबारे समिक्षा हुनेछ । बुधब...
-
आईओएफटीसी पुम्सेमा नेपाल उपविजेता
काठमाडौं । दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो च्याम्पियनसिपमा नेपाल समग्रमा टिम उपविजेता बनेको छ । नेपालले १९ स्वर्ण, १४ रजत र २२ कांस्य जितेको आईओएफटीसी हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारले जनाएका छन् । नेपालका लागि एरिक राणा, विकास शाह, कृपा गुरुङ, रोधन राई, सोफिया तामाङ, कृयासन विष्ट, इशान शा...
-
स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित एक भारतीय नागरिक काठमाडौंबाट पक्राउ
काठमाडौं । स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । कपिलवस्तुबाट निजी गाडीमा काठमाडौं आएका ३० वर्षीय अमितकुमार थापालाई प्रहरीले आज बिहान चार बजेतिर पक्राउ गरेको हो । उनी सवार गाडी चलाउने चालकलाई पनि प्रहरीले पक्रेको छ । यस घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर जा...


























