• अज्ञात समूहद्वारा बसमा ढुङ्गा प्रहार

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । काठमाडौंबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर ...

  • आमहड्ताल : अष्टलक्ष्मी शाक्य गिरफ्तार

    काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता अष्टलक्ष्मी शाक्य लगायतका नेतालाई प्रहरीले कलंकीबाट गिरफ्तार गरेको छ ।प्रचण्ड–नेपाल समूहले आज गरेको आमहड्तालका क्रममा कलंकी चोकतर्फ जाँदै गरेका नेता शाक्यलाई प्रहरीले गिरफ्तार गरेको नेता विष्णु रिजालले जानकारी दिएका छन् । आमहड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले बिहानैद...

  • रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    रुपन्देही । रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–४ स्थित हुलाकी सडक खण्डमा बुधबार दिउँसो भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु २ ख २७०२ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको लु ३९ प ५३१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका...

  • थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा २ लाख ७१ हजार ४ सय ३१ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा २ सय ६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६७ हजार ६५ ...

  • हत्या अभियोगमा सात जना पक्राउ

    नेपालगन्ज । बाँके प्रहरीले राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रवीणको हत्या अभियोगमा सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर प्रवीण हत्यामा संलग्नताको अभियोगमा पक्राउ गरेका सात जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार नेपालगन्ज ६ का १८ वर्षीय परियारलाई काठमाडौंको चाागुन...

  • सिवाईसी सहकारीको बेनी सदस्य सेवा केन्द्रको उद्घाटन

    बेनी । बागलुङको सिवाईसी बचत तथा ऋण सहकारीको बेनी सदस्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । म्याग्दीको सदरमुकाम बेनी स्थित क्याम्पसचोकमा रहेको नमस्ते बहुद्धेश्यीय सहकारी र सिवाईसी बचत तथा ऋण सहकारी विच एकिकरण भएर बनेको बेनी सदस्य सेवा केन्द्रको बुधबार एक कार्यक्रमका विच संविधानसभा सदस्य तथा सहकारीका सल्लाहकार नवराज शर्माल...

  • अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जोशीद्वारा राजीनामा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । विवादका बीच प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले राजीनामा दिएका हुन् । नविनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका जोशीले अनलाइनखबरसँग भने, ‘राजीनामा दिएर म आयोगबाट विदा भइसकेँ ।’ यद्य...

  • नेकपा झापाका नेता पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), झापाका नेता रवतराज पुरी ‘गगन’सहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको मुद्दा दर्ता भएको छ । दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुझाएको प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।...

  • बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहीबारबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका क...

  • एक हप्तामा सुदूरपश्चिममा नौ हजारले लगाए कोरोना खोप

    बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना भाइरस विरूद्धको (कोभिशिल्ड) खोप लगाइएको छ। प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो। माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो संख्यामा खोप लगाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए...