• रसियाले नेपाललाई कोरोनाविरुद्धको खोप उपलव्ध गराउने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी र नेपालका लागि रसियाका राजदूत अलेक्सइ ए नोविकोव बीच शिष्टाचार भेट भएको छ । नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीलाई भेटेर राजदुत नोविकोवले बधाई र शुभकामना व्यक्त गरेका छन् । सोमबार मन्त्रालयमा भएको भेटमा नेपाल र रसिया बीचको ऐतिहासिक मित्र सम्बन्ध सँगै वर्तमान ...

  • घाइते नेपाली फुटबल खेलाडी विमल र विक्रमको कतारमा उपचार गरिने

    काठमाडौं । घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतार फुटबल सङ्घलाई अनुरोध गरेको थियो । कतारले सहमति जनाएपछि अब दुवै खेलाडीको उपचार विदेशमा हुने भएको हो । एन्फा प्रवक्ता...

  • साउदी अरेबियाद्वारा अन्तर्राष्ट्रिय यात्रुबाहक हवाई उडान स्थगित

    रियाद, एएफपी । साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोना भाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो । साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छ...

  • धनगढी प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

    कैलाली । नेपाल प्रहरीका असई र प्रहरी जवान हत्या प्रकरणका मुख्य योजनाकार पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० स्थित अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार सुकबहादुर भनिने अमर राना पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहर...

  • बानेश्वरस्थित पठाओको कार्यालयमा राइडरहरुको एक समूहद्वारा तोडफोड

    काठमाडौं । राजधानीको बानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड भएको छ । केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको प्रहरीले बताएको छ । कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको भन्दै निर्णय सुनाइँदै गर्दा सोमबार एक समूहले तोडफोड गरेको हो । तोडफोडमा संलग्न केही य...

  • पाहुना घुमाउने ठाउँ बन्यो अम्ब्रेला स्ट्रिट

    चितवन । जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको भिडभाड हुने गरेको छ । सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेपछि भरतपुर महानगरप...

  • डा.खेम कार्कीले दिए राजीनामा

    काठमाडौं । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रहेका डा.खेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् । जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उनका स्वास्थ्यविज्ञ सल्लाहकार रहेका डा.कार्कीले राजीनामा दिएका हुन् । मन्त्रालय स्रोतको अनुसार आइतब...

  • आन्दोलनरत उखु किसानसँग आज वार्ता

    काठमाडौं । सरकारले उखु किसानलाई वार्ताका लागि बोलाएको छ । उद्योग मन्त्रालयले वार्ताका लागि बोलाएको र आफूहरुको मागप्रति सकारात्मक सङ्केतसमेत आएकाले दिउँसो ३ बजेपछि वार्तामा जाने उखु किसान सङ्घर्ष समितिका संयोजक राकेश मिश्रले बताए । सरकारसँग सहमतिका लागि उखु किसानले सहमति भएको १५ दिनभित्र उद्योग मन्त्रालयले सबै भुक्त...

  • अज्ञात समूहद्वारा मोटरसाइकल र टौवामा आगजनी

    लमजुङ । अज्ञात समूहले लमजुङ बेँसीशहर नगरपालिका –२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ । बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथा रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा बिहान आगजनी भएको भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्ष...

  • अपि पावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । अपि पावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल गर्नुपर्नेछ । कम्पनीले पुस ६ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । यसअघि कम्पनीले ५६ ला...