डा.खेम कार्कीले दिए राजीनामा

काठमाडौं । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रहेका डा.खेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् ।

जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उनका स्वास्थ्यविज्ञ सल्लाहकार रहेका डा.कार्कीले राजीनामा दिएका हुन् । मन्त्रालय स्रोतको अनुसार आइतबार उनले स्वास्थ्य मन्त्रालयमा राजिनामा बुझाएका छन् ।

गत ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरेको थियो । त्यसको ठ्याक्कै ९ महिनापछि स्वास्थ्यमन्त्री रहेका ढकालको मन्त्रालय परिवर्तन भयो ।

मन्त्रिपरिषद्को बैठकले नियुक्ति गरेका उनको राजीनामा स्वीकृत पनि मन्त्रिपरिषदले नै गर्छ । त्यसको लागि मन्त्रालयले मन्त्रिपरिषदम राजीनामा स्वीकृतको लागि पठाउनुपर्ने हुन्छ ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार