काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जस्तोसुकै अवस्थामा पनि सरकारले वार्षिक बजेट नै ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भनी नेकपा एमालेलाई जवाफ दिनुभएको छ । बजेटमाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमाले नेताहरुले पाँच महिनामा आम निर्वाचन हुने भन्दै अहिलेको सरकारले वार्षिक बजेट ल्याउनु नहुने धारणा राखेका थिए । ...
मुख्य समाचार
-
-
काठमाडौंका मेयर शाहले भने:एक हप्ताभित्रै सिसडोललाई दूर्गन्धमुक्त बनाउँछौं
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एकहप्ता भित्र दूर्गन्धमुक्त बनाउने आश्वासन दिनुभएको छ । उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल हालेर एक हप्ता भित्र त्यहाँ ...
-
बास्तोला र ओलीमा बुर्जुवा अराजकतावाद देखापर्यो : विप्लव
काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीमा रुढीवादी, बुर्जुवा र अराजकतावादी प्रवृत्ति देखा परेको बताउनुभएको छ । विप्लव समूहको उदयपुरमा बसेको केन्द्रीय समितिका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्तिमार्फत विप्लवले बास्तोला र ओलीलाई ...
-
पेट्रोलियममा लगाइएको करले मूल्यवृद्धि भयो : रिजाल
काठमाडौँ । नेपाली काँग्रेस सांसद मिनेन्द्र रिजालले पेट्रोलियम पदार्थ आयातमा लगाइएका विभिन्न शिर्षकका कर नै मूल्यवृद्धिको कारक रहेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले विभिन्न समयमा पेट्रोलियम पदार्थ आया...
-
उपप्रमुखहरुले आउँदो चुनावमा प्रमुखको तयारी गर्नुपर्छ : सुवेदी
काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेता पुर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिनुभएको छ । शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिहर...
-
मूल्यवृद्धिमा सरकार रमिते बन्यो : बाँस्कोटा
काठमाडौँ । एमाले सांसद गोकुल बाँस्कोटाले पेट्रोलियम पदार्थसहितका वस्तुमा भएको मूल्यवृद्धिप्रति सरकार रमिते बनेको आरोप लगाउनुभएको छ । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सरकार व्यवस्थापक, नियमनकारी बन्न नसकेर रमिते बनेको आ...
-
नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ : थापा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाललाई दश वर्ष भित्रमा पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्ने बताउनुभएको छ । महत्वकांक्षी योजनाका साथ आजैदेखि पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउन लाग्नुपर्ने थापाले बताउनुभयो । प्रतिनिधि सभा संसदमा आज बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले कार्यय...
-
माओवादीले नै सुख दुःखमा साथ दिन्छ भन्ने गरी काम गर्नुस् : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिनुभएको छ उहाँले भन्नुभयो, 'जनतामा माओवादी नै सेवक हो, सुख दुःखमा साथ दिन्छ भन्ने मान्यता स्थापित हुने गरी काम गर्नुस्।' सुदूरपश्चिम, लुम...
-
माओवादी केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भन्नुभयो, ‘त्यसैले बेलुका बस्ने भनिएको केन...
-
काठमाडौंको फोहोरलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्छ : मन्त्री झाँक्री
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताउनुभएको छ । काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग माग्न मन्त्रालय पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलसँगको भेटमा उहाँले फोहोर व्यवस्थापनमा नयाँ प्रविधि अपनाउनुपर्ने आवश्यकता औंल्याउन...