बास्तोला र ओलीमा बुर्जुवा अराजकतावाद देखापर्यो : विप्लव

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीमा रुढीवादी, बुर्जुवा र अराजकतावादी प्रवृत्ति देखा परेको बताउनुभएको छ । विप्लव समूहको उदयपुरमा बसेको केन्द्रीय समितिका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्तिमार्फत विप्लवले बास्तोला र ओलीलाई पार्टी फुट परस्तको आरोप लगाउनुभएको हो ।

‘स्थानीय तहको चुनावलाई बुझ्ने क्रममा सुदर्शन र कञ्चनमा रुढीवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखापर्यो ।’ प्रेस वक्तव्यमा विप्लवले भन्नुभएको छ , ‘देशको श्रमिक जनताको नेतृत्व गर्ने सर्वोच्च निकाय राष्ट्रको जिम्मेवारी सम्हाल्ने संवेदनशील परिस्थितिमा अति अनुउत्तरदायी विचलन देखा पर्नु निकै दुःखदायी कुरा हो । यो विचलन व्यक्ति विशेष मात्रै नभएर अवस्तुवादी र अवैज्ञानिक विचारको अभिव्यक्ति हो । यो विचार वस्तु र चेतना बीचमा पैदा भएको अवस्तुवादी र अवैज्ञानिक विचारको पतन हो ।’

बास्तोला र ओलीमा लामो समयदेखि आर्थिक, संगठनात्मक राजनीतिक विकृतिहरु मौलाउन थालेको विज्ञप्तिमा उल्लेख छ ।‘पार्टीबाट अलग भएपछि उनीहरुले एकीकृत क्रान्ति विरुद्ध शतप्रतिशत भ्रामक झुटा प्रचार गरेका छन्। वैज्ञानिक समाजवाद विरुद्ध सञ्चालन भएका अनेकौ षड्यन्त्रको हिस्सा बन्न पुगेका छन् । ती क्रान्तिका फोका मात्रै हुन् । ’ विप्लवले उल्लेख गर्दै भन्नुभएको छ ‘ सुदर्शन र कञ्चनसँग गएका कमरेडहरुलाई फर्काउने निर्णय भएको छ ।’रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार